-श्रीकृष्ण अधिकारी ‘विवेक’
हामी यतिबेला केपी ओलीको असंबैधानिक, अराजनीतिक, निरंकुश अधिनायकवादी कदम र प्रवित्तिका विरुद्ध संघर्षमा छौं। यतिबेला केपी ओलीले हामीप्रति साहानुभूति जनाउनुको अर्थ हाम्रो माया मोह दयाभाव पलाएर होइन। नीति कथामा छल गरी सिकार गर्न शाहाकारी बनेको धुर्त स्यालको बठ्याईंपूर्वक कथा जस्तै कमरेड प्रचण्डलाई पूर्व जनमुक्ति सेना, सहिद परिवार, बेपत्ता योद्धा,घाइते योद्धाहरूबाट अलग्याएर आन्दोलनवाट एक्लो पारेर झम्टने सुनियोजित अभिप्रायद्वारा पासो थाप्दैछन् भन्ने बुझ्न कुनै आइतबार कुर्न पर्दैन।
ओलीले सत्यनिरूपणद्वारा शान्ति प्रकृयाको काम पूरा गर्न कहिल्यै चासो दिएको देख्नु भएको छ ? के जनयुद्ध र जनआन्दोलनका मुध्दाहरू, ओलीले हलगर्लान भन्ने लागेको छ ? गर्ने भएत उनले जनयुद्धका विरुद्ध यतिधेरै विरोध गर्थे होला र ? हाम्रो रगत पसिनाबाट प्राप्त संविधानको मुल मर्म भावनालाई ओली टेर्न मान्न र लागू गर्न चाहान्छन् भन्ने छन्द कतै भेटिन्छ र ? नीति,निर्णय,विधि, बिधान, संविधान कानून नमान्ने, मिनेट मिनेटमा झुट बोल्ने केपी ओलीबाट हामीप्रति देखाएको साहानुभूति र बाचाभित्र बगरेले शेर्नका लागि हरियो घाँस देखाएर लोभिएको बाख्रोको नियती भन्दा अरू केहि हात लाग्नेवाला छैन।
जसको नीति उसको नेतृत्व नहुनुका कारण आन्दोलनका उपलब्दीहरू गुमेका छन्। आज जनयुद्ध र जनआन्दोलनको बलमा आएको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल, नयाँ संविधान र त्यसको बलमा वामपन्थी कम्युनिष्टलाई जनताले प्रधान गरेको दुईतिहाई जनमत खेर गएको छ। कम्युनिष्ट नीति विरोधी नेतृत्वको हाँतमा नेतृत्व गएर प्रतिक्रान्तीको नियती भोग्दै छौं।
बिडम्बना मुलुक ठूलो दुर्घटनामा परेको छ। हिन्दिमा एउटा कहावत छ, मियाँकि जुत्ती मियाँकै सरपर भने जस्तै केपी ओली पूर्व जनमुक्ति सेना, सहिद परिवार, बेपत्ता योद्धा,घाइते योद्धाहरूलाई प्रचण्डले तिमिहरूलाई संरक्षण गरेन म गर्छु जस्तोगरी प्रचण्डको टाउकोमा बर्जाने घिणित मनसायद्वारा उद्धारको बिसालु चास्नीमा डुवाउने जाल रच्दैछन्।
प्रचण्डमाथि प्रहार गर्ने अस्त्रको नियतमा, जनयुद्ध, सहिद, व्यपत्ता परिवार घाईते अपाङ्को नामलिन बिवस हुदाँ रहेछन्। ओलीको मनसायभित्र माओवादी जनयुद्धलाई आतङ्कवादनै थियो भनेर सावित गर्छु र जनयुद्ध र जनआन्दोलनको नेतृत्व प्रचण्डलाई सिध्याएपछि आन्दोलनका सबै उपलब्धीहरूलाई उल्ट्याउन सकिन्छ भन्ने घातक सोच हुर्कीरहेको छ र उनि योजनाबद्ध बदलाभावमा जनसेनानीहरूको दुरप्रयोग गर्न सोच्दैछन् भन्ने देखिन्छ।
आमाको लाम्टो चुसेरत केही भएको छैन बाउको घुँडो भन्याजस्तो प्रचण्डको निरन्तर प्रयासका बावजुदपनि समाधान हुन बाँकी रहेका पूर्वजनमुक्ती सेना, घाईते अपाङ्गका समस्या केपी ओलीको गुलियो शब्दजालबाट छुमन्तर पूराभैहाल्छ भनेर भ्रमित भएर धेरै लोभिनु आवश्यक छैन। ढोङ्कै रूपमा भएपनि माओवादी जनयुद्ध, पूर्व जनमुक्ति सेना, सहिद परिवार, बेपत्ता योद्धा,घाइते योद्धाहरूको रक्षाको नाम लिएर प्रलोभनमा पार्न खोज्ने केपी ओली खेल रोमान्टीक मान्नु पर्छ। ओलीले गर्छन भने नि सर्त गरून धन्यवाद भनौंला।
तर, बिचार र भावना बेचेर अग्रगमन उल्टयाएर प्रतिगमनको मतियार बन्न केपी ओलीको छदम भेषी मोहपासमा फस्न असली पूर्व जनमुक्ति सेना,सहिद परिवार, बेपत्ता योद्धा, घाइते अपाङ्ग योद्धाहरू जाँदैनन्। उनिहरूमा बिबेक, बिचार सौर्य, लक्ष्य, ध्येय उद्देश्य मरेको छैन भन्ने केपी ओली उनका गुटका मानिसहरूलाई हेक्का हुनुपर्छ।



लोकपाटी न्यूज

