निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टीको सुरूको विवरणलाई नै मान्यता दिइएको पत्र प्रचण्ड-माधव र केपी ओली पक्षलाई पठाएको छ।सोमबार आयोगले ११ पृष्ठ लामो पत्र दुबै समूहलाई पठाएको हो।
पत्रमा एकता महाधिवेशनसम्मको लागि केन्द्रीय कमिटीमा दुई जना अध्यक्ष, दुई जना वरिष्ठ नेता, एक जना महासचिव र एक जना प्रवक्ता रहने तथा ४४१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था भएबमोजिम ती पदाधिकारी र केन्द्रीय सदस्य यथावत नै रहेको देखिएको उल्लेख छ।
त्यसकारण उक्त दलबाट विभिन्न मितिमा प्राप्त भएका फरक(फरक विवरण राजनीतिक दल सम्बन्धी ऐन २०७३ कव दफा ५१ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २५ को उपनियम (५) बमोजिम कुनै विवरण परिवर्तन, संशोधन र हेरफेर हुन सक्ने अवस्था नदेखिएको पत्रमा छ।
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/01/ElectionCommissionLetterfrom2077-10-12-1.pdf”]



लोकपाटी न्यूज

