चितवन। स्कुल बसले ठक्कर दिंँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोलुखुम्बुको टापटिङ्ग– ५ बस्ने चालक अनिल मगर र पछाडि सवार धरान-९ का गौरव राई रहेका छन्।
मंगलबार बिहान रत्ननगर नगरपालिका-१० स्थित राजमार्गमा बा२ख ५६७४ नम्बरको बस पूर्वबाट पश्चिम गएर दायांँ मोड्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जांँदै गरेको बा९२प ५२०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बस चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
स्कुल बसको ठक्करबाट दुई युवाको मृत्यु
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्


लोकपाटी न्यूज

