काठमाडौं। गायक दुर्गेश थापा बाबु बनेका छन्। गायक थापाले शनिबार आफू बाबु बनेको खुसी सामाजिक सञ्जालमार्फत् व्यक्त गरेपछि उनका फ्यानहरु अचम्मित भएका छन्।
गायक थापाले आफू प्रेममा रहेको बताउँदै आएपनि विवाह गरेको खबर भने सार्वजनिक गरेका थिएनन्। जसकारण बिहे नै नगरी कसरी बाबु बने भनि सामाजिक संजालमा उनको आलेचना पनि गरिएको छ।
बाबु बनेको खबर सार्वजनिक भएपछि भने दुर्गेशले अघिल्लो वर्षको दशैंमा विवाह गरेको बताएका छन्। नजिकका साथीभाइलाई मात्रै थाहा दिएर सामान्य विवाह गरेको भन्दै उनले धेरैलाई थाहा नभएको स्वीकार गरे। दुर्गेशकी पत्नी प्राची लामा र दुर्गेशलाई पहिलो सन्तान प्राप्त भएको हो।



लोकपाटी न्यूज

