‘प्रकाश’मा जोडी बाँध्न लागेकी को हुन् प्रदीपकी लभलेडी ?

prakash-home
लोकपाटी न्यूज

काठमाडौं। धनगढीकी रेनु योगीले फिल्म ‘प्रकाश’मा प्रदीप खड्कासँग अनस्क्रिन रोमान्स गर्ने भएकी छिन्। दिनेश राउतले निर्देशन गर्ने रोमान्टिक ड्रामाले डेब्यु गर्ल रेनुलाई लिड लेडीको रुपमा सार्वजनिक गरिएको छ।

रेनुलाई फिल्मका कास्टिङ निर्देशक अनुप बरालले तय गरेका हुन्। फागुन दोस्रो सातादेखि छायांकन सुरु हुने फिल्मको लिड ब्वाइमा प्रदीप यसअघि नै अनुबन्धित भैसकेका छन्।

प्रस्तुति र क्यारेक्टर मिल्ने भएकाले रेनुलाई फिल्ममा लिने निर्णय गरिएको निर्देशक राउतले बताए। नाटककी अभिनेत्री रेनु स्नातक अध्ययनरत हुन्। सन् २०१३ मा उनले दयाहाङ राईसँग ‘मितज्यू’ नाटक गरेकी थिइन्।

उनले अहिलेसम्म १० भन्दा बढी नाटक, सर्ट मूभि र एसिड काण्ड नामक छोटो फिल्म गरेकी थिइन्। ४५ दिनसम्म जुम्लामा फिल्मांकन गरिने भएको छ। विनिस इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्