मर्जरको हल्लामा सत्यता छैन, एनसीसी बैंक

लोकपाटी न्यूज

काठमाडौँ। नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसिसी बैंक) ले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग गाभ्ने वा गाभिने निर्णय नभएको बताएको छ। आइतबार सेयर बजारमा बैंकको सेयर किन्नेहरु बढी देखिएपछि नेप्सेले भित्री सूचना भए जानकारी गराउन भन्दै बैंकलाई पत्र काटेको थियो।

‘उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने र गाभिने वा प्राप्ती गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सम्पत्ति, दायित्व र कारोबारको मूल्याङ्कन गर्न, मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा सम्झौता गर्न तथा सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय भएको छ’ बैंकले भनेको छ। बैंकले १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावबाहेक मूल्यमा असर पर्ने कुनै निर्णय नभएको दाबी गरेको छ ।

नबिल बैंकसँग एनसीसी मर्जमा जाने हल्ला चलेपछि आइतबार एनसीसीको मूल्य १० प्रतिशतले बढेको थियो ।