काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको छ। कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्दैछ। सोही कारण (मंगलवार) माघ १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन्। कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश कर प्रयोजनसहित गरी कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले माघ २८ गते साधारण सभा बोलाएको छ। सभा होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे शुरु हुनेछ। साथै, सभाले कम्पनीको विद्यमान प्रबन्धपत्र तथा नियामावलीमा भएको व्यवस्था अनुसार कम्पनीको प्रतिशेयर मूल्य रू १०० रहेकोमा सो शेयर मूल्य सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी शेयरमूल्य रू ५० कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ। यो प्रस्ताव सम्बन्धित निकायबाट स्वीकृति पाएपछि मात्र लागू हुने कम्पनीले जानकारी गराएको हो। साथै, सभाले सञ्चालक समितिबाट सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।



लोकपाटी न्यूज

