राष्ट्र बैंकले १० अर्बको ऋणपत्र बिक्री गर्दै

nepal-rastra-bank
लोकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकले भोलिदेखि (माघ १३ गते) देखि १० अर्बको बिकास ऋणपत्र बिक्रीमा ल्याउने भएको छ। राष्ट्र बैंकले आइतबार एक सुचना जारी गर्दै भोलि विकास ऋणपत्र २०८४ ङ बिक्री गर्ने जानकारी दिएको हो।  राष्ट्र बैंकले आन्तरीक ऋण उठाउन उक्त ऋणपत्र निकाष्शन गर्न लागेको हो। राष्ट्र बैंकले ७ बर्षको लागि उक्त विकास ऋणपत्र जारी गर्न लागेको हो।

यसमा बैंक तथा वित्तिय संस्था, गैर बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्ने छन्। यसको व्याजदर भने बोलकबोल मार्फत गरिने बताइएको छ। उक्त ऋणपत्र बैंकमा धितो राखेर कर्जा जिक्ने सकिनेछ। ऋणपत्रमा भोलि २ बजे बोलकबोल हुनेछ । उक्त ऋणपत्र खरिद गर्न चाहानेले अनलाइन मार्फत पनि बोलपत्र पेश गर्न सक्नेछन्।

भोलि बोलकबोल भएर माघ १४ गतेदेखि ऋणपत्र निष्काशन हुनेछ। व्याज अर्धबार्षिक रुपमा नै भुक्तानी गरिने छ भने साँवा भने २०८४ माघ १४ गते गरिने छ। इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने छन्। गैरप्रतिस्पर्धीलाई १५ प्रतिशत र प्रतिस्पर्धीलाई ८५ प्रतिशत हिस्सा छुट्टाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्