काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्ने भएको छ । कम्पनीको हाल कायम भएको संस्थापक शेयरको शेयर अनुपात ५२ दशमलव ४९ र सर्वसाधारण समूहको ४७ दशमलव ५१ रहेकोमा ५१ः४९ कायम गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो ।
संस्थापक समूहमा रहेका शेयरधनीले शेयरहरु अर्को कुनै समूहमा परिणत गर्न नचाहेमा लिखित रुपमा स्वघोषणा विवरण पेश गर्नुपर्ने छ ।
आफ्नो नाममा रहेको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गर्न नचाहनेले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा विवरण पेश गर्नुपर्नेछ । यसैगरी शेयर अभौतिकीरण नगरेका शेयरधनीलाई यथाशिघ्र आफ्नो शेयर अभौतिकीकरण गर्न पनि कम्पनीले भनेको छ ।



लोकपाटी न्यूज

