काठमाडौं। बहुप्रतिभाका धनी चर्चित हाँस्यकलाकार गजलकार तथा सञ्चारकर्मी निर्मल पौडेल एन पी घायल र सञ्चारकर्मी कलाकार अर्जुन थापाको मौलिक लोक रत्यौली बेसारे माया सार्वजनिक भएको छ।
मोफसलमा रहेर सञ्चार जगतसंगै कलाकारीतामा एक दशक बिताएका पौडेल र थापाको बेसारे माया आर्ट नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। विशेष गरी रत्यौली विवाह उत्सवमा बेहुला पक्ष वेहुली लिन घरबाट निस्केपछि महिला आमा दिदिबहिनीले गाएर नाचगान गर्ने प्रचलन रहेको छ।
पश्चिम नेपालमा रत्यौली लोकप्रिय मानिनुका साथै परम्परा तथा संस्कृती पहिचानको प्रतिकको रुपमा समेत विद्यमान रहेको पाइन्छ। पछिल्लो समयमा रत्यौली मेला महोत्सव र अन्य विभिन्न उत्सवका कार्यक्रमहरुमा गाइनुका साथै प्रतियोगिताका रुपमा प्रस्तुत गर्ने गरिन्छ।महिला आमादिदिबहीनीहरुले मात्र नगाएर दाजुभाइ दिदिबहिनी र प्रेमी प्रेमिकाको बिचमा रत्यौलीमार्फत् सुखदुःख आदानप्रदान गर्ने समेत गरिन्छ।
बेसारे मायामा बैवाहिक उत्सवमा भेट भएका केटा र केटीको बिचमा हुने मपाइत्व अर्थात तँ भन्दा म के कम भन्ने खालको होडबाजीलाई छर्लङ्ग पार्न खोजिएको छ। माया लाएर पनि नलाए जस्तो गर्ने प्रेमी र प्रेमीकाको अन्तर्मनको आशंकालाई उतार्नुका साथै प्रेमील शृङ्गारलाई केन्द्रमा राखेर रत्यौलीमा घमासन गरिएको छ।
हाँस्यकलाकारिता,गजल,अन्य साहित्य र पत्रकारीतामा अव्वल एन पी घायलको यो तेस्रो सांगितिक प्रस्तुति रहेको हो। शव्दले चोटिलो प्रहार गर्न सक्ने अदभूत क्षमता र प्रतिभाका धनी घायलले यो भन्दा अगाडि थापा काजी संगकै सहकार्यमा भन्छ यो मनले कति रुने हो, ढल्किने जवानी एल्बम बजारमा ल्याइसकेका छन्। कर्णप्रिय संगै जादुमय स्वरका धनी थापा काजी अभिनयमा उत्तीकै पोख्त छन्।
बेसारे मायामा सुमधुर स्वर थापा र गायिका बिन्दु सुनारको रहेको छ। गीतमा अर्जेवा आमा समूहको लय रहेको छ भने बिनोद बाजुरालीले संगीत भरेका छन्। आर्ट नेपालले दृश्यनिर्माण गरेको म्युजिक भिडियोको निर्देशन, सम्पादन र छायांकन किसान बिसीले गरेका हुन्। भिडियोमा नृत्य निर्देशक तथा कोरियोग्राफर खुम पुन मगर र सुस्मा पाइजा लगायतको उत्कृष्ट अभिनय रहेको छ। बेसारे मायाले धेरै दर्शक श्रोताको माया पाउने अपेक्षा गरिएको छ।



लोकपाटी न्यूज

