कुन बैंकको सीइओको तलब-भत्ता कति?

लोकपाटी न्यूज

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई राम्रो तलब सुविधा पाउने कर्मचारीको रुपमा नेपालमा लिईन्छ। अन्य जागीरको तुलनामा बैंकङ्ग क्षेत्रमा सुविधा आकर्षक र सम्मान राम्रो भएको मानिन्छ । त्यसमाथि पनि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) भनेपछि तलब–सुविधा र मानसम्मान राम्रो हुने नै भयो। राम्रो सेवा सुविधा, रोजगारीको सुरक्षा भएका कारण निजी क्षेत्रको रोजगारीमध्येकै प्रमुख आकर्षण बैंक तथा वित्तीय संस्थामा बनेको छ । बैंकिङ क्षेत्रमामा करियर बनाउन चाहनेहरुको जमात निकै ठूलो छ ।

वाणिज्य बैंकमा सबैभन्दा बढी तलब प्रमुख कार्यकारी अधिकृत (सीइओ) को नै हुने भयो । सीइओले बैंकबाट मासिक तलबको अतिरिक्त विभिन्न सुविधा पाएका हुन्छन् । नाफा बढाउने अनि सेयरहोल्डरहरुलाई राम्रो प्रतिफल दिने प्रेसर पनि जहिल्यै परिरहने सीइओहरुको भनाई रहने गरेको छ । उनिहरुले आफ्नो कमाइबाट राज्यलाई ३५ प्रतिशतसम्म कर तिरेर राज्यलाई योगदान गरेका हुन्छन्।

विभिन्न बैंकहरुले हालै सम्पन्न गरेको बार्षिक साधारण सभाको आधारमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा सीइओलाई दिएको तलब उल्लेख गरेका छन् । हेरौं, कुन बैंकको सीइओको कति तलब ?

बैंक अफ काठमाडौं:
बैंक अफ काठमाडौंको प्रमूख कार्यकारी अधिकृत (सीइओ) को रुपमा शोभनदेव पन्त रहेका छन। एक वर्षमा पन्तले २ करोड ८१ लाख ३ लाख ७९० रुपैयाँ तल बुझेका छन् । बैंकले सार्वजनिक गरेको २०७६/२०७७ को वार्षिक प्रतिवेदनमा सीइओ पन्तलाई उक्त रकम दिइएको उल्लेख छ । यसमा नियम बमोजिम प्रदान गरिने सुविधाहरु समेत समावेश भएको छ । आर्थिक वर्ष २०७५/२०७६ मा उनले नियम बमोजिम प्रदान गरिने सुविधाहरु समेत गरेर उनले २ करोड ३२ लाख ८५ हजार ४९४ रुपैयाँ लिएका थिए ।

माछापुच्छ्रे बैंक:

माछापुच्छ्रे बैंकमा  प्रमूख कार्यकारी अधिकृत (सीइओ) को रुपमा सन्तोष कोइराला रहेका छन। कोइरालाले अघिल्लो वर्ष २ करोड २३ लाख रुपैयाँ तलब सुबिधा बुझेका थिए। बैंकले खर्च गरेको यो तलब तथा सुविधा सुमन शर्मा र सन्तोष कोइराला समेतको हो । शर्माले कार्यकाल सकिनु अगावै राजीनामा दिएपछि कोइराला निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी पाएका थिए ।

वैशाख १ गतेदेखि उनलाई पूर्णकालीन सीइओको जिम्मेवारी दिइएको थियो । अघिल्लो वर्ष बैंकले सीइओका लागि १ करोड १८ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो ।

कुमारी बैंक:
कुमारी बैकमा सुरेन्द्र भण्डारी प्रमूख कार्यकारी अधिकृत (सीइओ) रहेका छन।। एक वर्षमा कुमारी बैंकका सीइओ भण्डारीले २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ तलब तथा अन्य सुविधा लिएका छन् । उनले आर्थिक वर्ष २०७६/२०७७ मा तलब वापत १ करोड ७ लाख ४७ हजार ६९९ रुपैयाँ लिएका छन् भने ४५ लाख ६७ हजार ७७२ रुपैयाँ भत्ता बुझेका छन् । दशैं भत्ता १३ लाख ९ हजार १५ रुपैयाँ बुझेका छन् ।

त्यस्तै, वार्षिक र संचित विदा वापत ८ लाख ९५ हजार ६४२ रुपैयाँ र अन्य सुविधा वापत ६३ लाख ४० हजार ९२७ रुपैयाँ बुझेका छन् । आर्थिक वर्ष २०७५/२०७६ मा उनले नियम बमोजिम प्रदान गरिने सुविधाहरु समेत गरेर २ करोड १४ लाख ६३ हजार ४७७ रुपैयाँ लिएका थिए ।

एनआइसी एसिया बैंक:

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले गत वर्ष २ करोड ५० लाख रुपैयाँ बुझेको बैंकको वार्षिक विवरणमा उल्लेख गरिएको छ । यसअघि आर्थिक वर्ष २०७५/२०७६ मा उनले नियम बमोजिम प्रदान गरिने सुविधाहरु समेत गरेर २ करोड १३ लाख रुपैंयाँ पाएका थिए ।

सिटिजन्स बैंक :

सिटिजन्स बैंकका सीइओ गणेश पोखरेलले एक वर्षको अवधिमा १ करोड ३१ लाख ९० हजार रुपैयाँ बुझेका छन् । उनले आर्थिक वर्ष २०७६÷२०७७ मा तलब वापत ८४ लाख रुपैयाँ लिगेका छन् भने ३० लाख रुपैयाँ भत्ता बुझेका छन् । जसबाट पोखरेलले ६२ लाख रुपैयाँ कर वापत तिरेका छन् । यसरी पोखरेलको हातमा ६९ लाख ६२ हजार रुपैयाँ लगेका छन् ।

सानिमा बैंक:

सानिमा बैंकका सीइओ भुवन दाहालले गत आर्थिक वर्ष १ करोड ४६ लाख १५ हजार रुपैयाँ बुझेका छन् । यो वर्षको विवरणमा तलब भत्ताको पूर्ण विवरण बैंकले दिएको छैन । आर्थिक वर्ष २०७५/७६ मा २ करोड ८ लाख ३९ हजार रुपैयाँ तलब भत्ता वापत दाहालले बुझेका थिए ।

नबिल बैंक:
नबिल बैकका सीइओ रहेका अनिल केशरी शाहले गतवर्ष १ करोड ६२ लाख रुपैयाँ तलब भत्ता वापत बुझेका छन् । अघिल्लो वर्ष १ करोड ९८ लाख रुपैयाँ बुझेका थिए ।
कुमारी बैक:
कुमारी बैंकका सीइओ सुरेन्द्र भण्डारीले गत वर्ष २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ तलब भत्ता वापत बुझेका छन् । उनले आर्थिक वर्ष २०७६/२०७७ मा तलब वापत १ करोड ७ लाख ४७ हजार ६९९ रुपैयाँ पाएका छन् । ४५ लाख ६७ हजार ७७२ रुपैयाँ भत्ता तथा दशैं भत्ता १३ लाख ९ हजार १५ रुपैयाँ बुझेका छन् ।

वार्षिक र संचित विदा वापत ८ लाख ९५ हजार ६४२ रुपैयाँ र अन्य सुविधा वापत ६३ लाख ४० हजार ९२७ रुपैयाँ बुझेका छन् । आर्थिक वर्ष २०७५/२०७६ मा तलब भत्ता गरेर २ करोड १४ लाख ६३ हजार ४७७ रुपैयाँ पाएका थिए ।

नेपाल बंगलादेश (एनबी) बैंक
नेपाल बंगलादेश (एनबी) बैंकले प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले गतवर्ष १ करोड ४१ लख रुपैयाँ दिएको छ । बैंकको वार्षिक प्रतिवेदनमा तलब बाहेक अन्य सुविधा कति दिएको उल्लेख छैन । तलब बाहेक ढुंगानाले भत्ता लगायतका सुविधा पाउने गर्छन् ।

मेगा बैंक :
मेगा बैंकले गत आर्थिक वर्षमा सीइओ अनुपमा खुन्जेलीलाई १ करोड ७० लाख रुपैयाँ तलब भत्ता वापत दिएको छ । वाणिज्य बैंकमा एक मात्र महिला सीइओ खुन्जेलीले १ करोड २ लाख तलब र बाँकी भत्ता बुझेकी हुन् । दशैं भत्ता वापत ८ लाख, बोनस र कल्याणकारी कोष बापत ५६ लाख ७९ हजार, इन्धन सुविधा ३ लाख रुपैयाँ उनले बुझेकी छिन्।

आर्थिक वर्ष २०७५/७६ मा उनको तलब सुबिधाका रुपमा १ करोड १४ लाख रुपैयाँ बुझेकी थिइन् ।

लक्ष्मी बैंक:
लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृत रहेका अजयबिक्रम शाहले १ करोड ९ लाख ८० हजार रुपैयाँ तलब भत्ता वापत प्राप्त गरेका छन् । बैंकको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा सो सुविधा उपलब्ध गराएको उल्लेख छ ।

स्ट्यान्डर्टर्ड चार्टर्ड बैंक:

विदेशी लगानीको स्ट्यान्डर्टर्ड चार्टर्ड बैंक नेपालले प्रमुख कार्यकारी अधिकृत अनिरभ घोष देशार छन्। उनलाई बैंकले २ करोड ८७ लाख रुपैयाँ तलब भत्ता वापत दिएको छ । गत वर्ष बैंकले सो पारिश्रमिक सीइओलाई दिएको हो । यस बाहेक सीइओलाई आवास सुविधा समेत बैंकले दिएको छ ।

नेपाल एसबीआइ बैंक:

विदेशी लगानीको अर्को बैंक नेपाल एसबीआइ बैंकमा प्रमुख कार्यकारीको रुपमा रहेका अनुकुल भट्नाकर लागि गत वर्ष १ करोड ७४ लाख ५९ हजार रुपैयाँ दिएको छ । भारतको एसबीआई बैंकले नेपालमा सीइओ पठाउने गर्छ । यसबाहेक सीइओले एसबीआईको तलब सुविधा पाउने गर्छन् । गतवर्षको तलब सुविधा अनुकुल भट्नाकरले बुझेका थिए । अहिले बैंकमा दिपक कुमार सीइओ छन् ।