काठमाडौं। सिटिजन्स बैंकले क्रेडिट कार्डमार्फत किन्ने सामान मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने इन्स्टा वाइ योजना ल्याएको छ।
कार्डमार्फत १० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म खरीद गर्दा किस्ताबन्दीमा किन्न सकिने कम्पनीले जनाएको छ।
बैंकका अनुसार क्रेडिट कार्डमार्फत एकै पटकमा खरिद गरिएको वस्तु तथा सेवाहरूको भूक्तानी किस्ता अवधि छनौट गर्न सकिनेछ। बैंकले न्यूनतम तीन महिनादेखि १८ महिनासम्मको अवधिमा किस्ता तिर्न सक्ने जनाएको छ।
सामान तथा वस्तु खरीद गरेपछि बैंकको शाखा पुगेर किस्ताबन्दीको लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ। यो सुविधा लिन नयाँ ग्राहकले क्रेडिट कार्ड लिन बैंकमा आवेदन वा वेवसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।



लोकपाटी न्यूज

