सिगंटी हाइड्रो इनर्जीलाइ आईपीओ निष्कासन गर्न अनुमति

लोकपाटी न्यूज

काठमाडौं । सिगंटी हाइड्रो इनर्जी कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्नको लागि पुस २१ गते अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि ४३ लाख ५०हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री मेगा क्यापिटल मार्केट रहेको छ ।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्कासन गर्नेछ । कम्पनीले स्थायिन बासिन्दका लागि शेयर निष्कासन गरेर बाँडफाँट भएपछि सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।