ओलीले आफ्नो विचार नमान्ने सबैलाई सिध्याउँछन् : माधव नेपाल

madhav-nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संघीयता, गणतन्त्र मन नपरेका ओलीलाई सत्ता सञ्चालन गर्ने परिस्थिति बनेको बताएका छन्।

यो परिस्थिति नचिताएको दुःखद भएको नेता नेपालले बताए। पार्टीभित्र विवाद भएका भरमा संसद अन्त्य गर्न नमिल्ने उनले बताए।

प्रधानमन्त्री ओलीले आफ्नो विचार नमान्ने सबैलाई एकरएक गरी सिद्ध्याउने नेपालले बताए। जनता समाजवादी पार्टीले गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपालले भने, ‘सिध्याउन अहिले पार्टीभित्रबाट सुरु गरेका छन्। विरोध गर्ने अरुलाई पनि सिध्याउँदै जानुहुन्छ।’