गाेरखा जिल्लामा ओली पक्ष शून्य !

KP_Oli_PM
लोकपाटी न्यूज

गोरखा। प्रधानमन्त्री केपी शर्मा ओलीको गोरखा जिल्लामा भने प्रभाव शून्य प्राय रहेको छ। संसदमा दुई तिहाइ हाराहारीमा आफ्नो सांसद हुँदाहुँदै प्रधानमन्त्रीले अकस्मात लहडमा संसद बिघटन गरेर आत्मघाती काम गरेसँगै अहिले देशैभरी त्यसको विरोध प्रदर्शन भैरहेको छ र संसद पुनस्थापनाको माग गरिएको छ।

संसद बिघटनको निर्णयले नेकपा स्पष्ट रुपमा दुई भागमा बिभाजन भएको छ। त्यसको असर केन्द्रदेखि गाउँसम्म परेको छ। यध्यपी गोर्खामा भने नगन्य रुपमा मात्रै त्यसको प्रभाव परेको छ।

त्यसको मुख्य कारण गोर्खामा पार्टी एकिकरण हुनुभन्दा अगाडि नै तत्कालिन एमालेको प्रभाव निकै कमजोर थियो त्यसमाथि अहिले माथिका ठूला नेताहरु दुई समूहमा लागेसँगै आधाजसो नेता कार्यकर्ताहरु प्रचण्ड-नेपाल समूहको नेकपामा लागेका छन् भने बाँकी कार्यकर्ता मात्र ओलीको समर्थनमा निस्केका छन्।

ओली समर्थक धेरै कार्यकर्ताहरु यस पटक ओलीले गरेको गलत कदमबाट रुष्ट बनेको कारण पनि उनिहरु खुलेर आउन चाहेका छैनन्। आफ्नो पक्षलाई बलियो बनाउन जिल्लामा केहि केन्द्रीय सदस्य थप गरेको भएपनि कार्यकर्तामा भने खासै उत्साह देखिएको छैन।

पूर्व एमालेको बलियो पकड रहेको गोर्खा नपा,आरुघाट गापा,सिरान्चोक गापा लगायत सबै वडाहरुमा स्पष्ट रुपमा विभाजन बनेको र प्रचण्ड- नेपाल पक्षका ठूला नेताहरु जिल्ला केन्द्रीत हुनथालेको कारण पनि ओली पक्ष कमजोर हुन पुगेको हो। गोर्खामा राजनितिमा चासो राख्ने जनमत ठूलो भएकोले अधिकांस मिडियामा संबिधानविद,कानूनबिद,पूर्वप्रधान न्यायाधिस सबैले संसद बिघटन असंबैधानिक भनिरहेकोले पनि जनतालाई कन्भिन्स गर्न गाह्रोभैरहेको एक नेताले वताए।

साथै उनले कतिपय साथीहरु चुनाब चिन्ह सूर्य नपाइने डरले पनि साथ दिन न आएको दुखेसो पोखे। संसद पुनस्थापना भैहालेमा वा चुनाबसम्म पनि यस्तै अवस्था रहेमा गोर्खामा ओली पक्षलाई अधिकांस वडाहरुमा बिउ जोगाउन पनि मुस्किल पर्ने धेरैले आंकलन गरेका छन्।