ओलीका दुई मन्त्री र एक सांसदले रोजे प्रचण्ड-नेपालको साथ

dal_nanda
लोकपाटी न्यूज

काठमाडौं। कर्णाली प्रदेशका दुई मन्त्री र एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई छोडेर प्रचण्ड-नेपाल पक्षमा आएका छन्। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश सांसद पदमबहादुर रोकाय ओली समूह छाडी प्रचण्ड-नेपाल पक्षमा लागेका हुन्।

दुई मन्त्री र एक सांसदले साथ छाडेपछि कर्णाली प्रदेशमा ओली समूहलाई ठूलो धक्का लागेको छ। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुई मन्त्री र एक सांस्द आफ्नो पक्षमा आएको दावी गरे।

‘उहाँहरुले फुटवादी प्रवृत्तिलाई अस्वीकार गरेर एकतालाई रोज्नु भएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘तीनै जना खुलेरै प्रचण्ड-नेपाल नेतृत्वको नेकपालाई समर्थन गर्ने बताइसक्नु भएको छ।’ कर्णाली प्रदेशका मुख्यमन्त्री शाही प्रचण्ड-नेपाल पक्षका हुन्।

कर्णालीमा नेकपाको ३३ सदस्यीय संसदीय समितिमा ओली पक्षमा जम्मा ११ जना सांसद रहेका छन् भने प्रचण्ड नेपाल पक्षमा २२ जना पुगेका छन्। ओली समूहका मन्त्री र सांसद प्रचण्ड-नेपाल पक्षमा आएपछि कर्णालीमा शाही नेतृत्वको सरकार सुरक्षित भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्