काठमाडौं, ६ पुष, एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेका २ वटा कम्पनीको ३ लाख १६ हजार ८६६ कित्ता संस्थापक सेयर पुस ५ गतेबाट लिलामीमा बिक्री खुला गरेको छ । जसमा बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६० र नेसनल लाइफ इन्सुरेन्सको १ लाख १४ हजार ३०६ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम २७ सय ४० रुपैयाँ र नेसनलको सेयरमा न्यूनतम ५२० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यसमा पुस १० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ।
लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।



लोकपाटी न्यूज

