‘बरु बुढा बोकेर हिँडिन्छ, तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ’

swostika khadka
लोकपाटी न्यूज

काठमाडौं। रजतपत कार्यक्रमको पछिल्लो श्रृङ्खलामा प्रस्तोता प्रकाश सुवेदीले नेपाली कलाकारहरु कामविहिन भएको कुरा उठाउँदै आएका छन्।

उनले नायिका स्वस्तिमा खड्कालाई इंगित गर्दै भनेका छन्, ‘कुनै समय थियो हाम्रा कलाकारहरुलाई भ्याईनभ्याई हुन्थ्यो, अलि चलेका कलाकारलाई लिएर फिल्म बनाउन खोज्दा पनि एक वर्षपछि गएर सोच्नुपर्ने स्थिती थियो, त्यति व्यस्त थिए कलाकार। डेट दिनै गाह्रो। अहिले त कामधाम छैन, बुढो बोक्यो, हिँड्यो। ’

प्रकाशको यस्तो अभिव्यक्तिपछि नायिका स्वस्तिमाले श्रीमान् निश्चल बस्नेतलाई बोकेको छोटो भिडियो राखिएको छ।
यस्तो भिडियो राखेपछि नायिका स्वस्तिमा खड्का तानिएकी छिन्।

स्वस्तिमाले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएकी छिन्। आफ्नो आधिकारिक फेसबुकमा उनले बिहिबार राती लेखेकी छिन्, ‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ। रजतपत’
उनले थपेकी छिन्, ‘फोन नउठाएर सारै रिसाउनु भाको रैछ।  सरी ल !’

Capture

यस्तै, नायिका स्वस्तिमाका श्रीमान निश्चल बस्नेतले पनि यसबारे फेसबुकमा स्टेटस लेखेका छन्। निश्चल भन्छन्, ‘‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्न ल, भन्छे मेरी बुढी त !’

yaa

रजतपट कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदी विभिन्न कारणसहित विवादमा छाइरहन्छ। यसअघि अभिनेत्री पूजा शर्माको शारीरिक स्वरुपबारे सुवेदीले विवादित बयान दिएका थिए। आफूप्रति गरिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पूजाले नेपाल चलचित्र कालकार संघ, महिला आयोग र प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्