विवाह गर्दै प्रखर वक्ता तथा गायक रमेश प्रसाई

Ramesh prasae
लोकपाटी न्यूज

काठमाडौं। प्रखर वक्ता तथा गायक रमेश प्रसाईले विवाह गर्दै छन्। उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन्। रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन्। उनीहरु दुवै दृष्टिविहिन हुन्। नन्दा र रमेशको बिहे धरानबाट हुने बताइएको छ।

अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेश पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन्। नन्दा भने समाजसेवामा छिन्। उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन्। नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्