काठमाडौं। तपाईं दिनमा कति घण्टा फेसबुक चलाउनुहुन्छ। धेरैको उत्तर हुनेछ अधिकांश समय। हामी समय बिताउनका लागि फेसबुक चलाउँदै आएका छौँ। मनोरञ्जनका लागि होस् वा समय बिताउन हामी धेरै समय फेसबुकको प्रयोग गर्छौं। हामी फेसबुकबाटै पैसा कमाउन सकिन्छ भन्ने समाचारहरु देख्छौँ।
धेरै जस्तो ती समाचारहरु अफवाह नै हुन्छ। अनि हामी फेसबुकबाट पैसा कमाउन गारो छ भन्ने मानसिकतामा पुग्छौँ। तर, सजिलै तरिकाले पनि फेसबुकबाट पैसा कमाउन सकिन्छ। जस्तै कि इन्स्ट्यान्ट आर्टिकल। यो एउटा फेसबुकको यस्तो प्यायटफर्म हो जहाँबाट तपाईंले सजिलै पैसा कमाउन सक्नुहुन्छ। तर, तपाईँहरुले एकरदुई वटा कुरामा ख्याल गर्नुपर्छ।
इन्स्ट्यान्ट आर्टिकल के हो ?
सर्वप्रथम त तपाईंसँग लेख्ने शैली हुनुपर्छ। तपाईंले फेसबुकमा कहिलेकाँही मनका कुरा होस् वा केही कुरा इन्ट्यान्टसमा हाल्दा कतिजनाले पुरै पढ्छन्, थाहा छ। हो, तपाईंको मनको कुरा होस् वा भर्खरै घटेको घटना, कसैको बारेमा होस् वा आफ्नै बारेमा ती कुरा तपाईंले लेख्न सक्नुपर्छ। लेख्न सकेपछि फेसबुकमा पैसा कमाउन सकिन्छ।
लेख्ने शैलीमात्र भएर पनि भएन। अब लेखेको कुरा कहाँ हाल्ने भन्ने कुरा आउँछ। त्यसैले तपाईंले उक्त कुरा वेभसाइटमा हाल्नुपर्छ। तपाईंले यो पढिरहेको समाचारबाट पनि हामीलाई पैसा आइरहेको छ। मतलब, हामीसँग वेभसाइट, पैसा कमाउनका लागि फेसबुकको इन्ट्यान्ट आर्टिकल, राम्रो कन्टेन्ट (जसलाई तपाईं जस्ता भिजिटरले पढिरहनुभएको छ। यही पढिरहनुभएको कुरालाई कन्टेन्ट भनिन्छ), यहि कुरा पोष्ट गर्ने ठाउँ (फेसबुक ग्रुप, फेसबुक पेज, तपाईंले स्ट्याट्स हाल्ने ठाउँ) उपलब्ध छ। त्यसैले हामीलाई पैसा आइरहेको छ।
अहिले पढिरहेको समाचारमा पनि बिचबिचमा विज्ञापन छन्। ती विज्ञापनवापत हामीलाई पैसा आउँछ। फेसबुकले नै इन्ट्यान्ट आर्टिकल जोडिसकेपछि विज्ञापन आफैँ हालिदिन्छ। यसको मतलब तपाईंले अरुलाई मनपर्ने कुरा लेख्न सक्नुहुन्छ भने इन्स्ट्यान्ट आर्टिकल तपाईंहरुका लागि पैसा कमाउने राम्रो अवसर बन्छ।
तपाईं खेल अत्याधिक मन पराउनुहुन्छ र खेलकुद हेर्नुहुन्छ, फिल्म हेर्नुहुन्छ, राजनीति बुझ्नुहुन्छ भने त्यस्कै बारेमा लेखे पनि फेसबुकले पैसा दिने गर्दछ। त्यसका लागि माथि उल्लेखित कुराहरु चाहिन्छ।
०००००
फेसबुक विश्वकै नम्बर एक सामाजिक सञ्जाल हो। यसमा विलियन प्रयोगकर्ताहरु विश्वभरबाट जोडिएका छन्। प्राय यसका प्रयोगकर्ताहरुले दिनमा एकपटक फेसबुक खोलेकै हुन्छन्। त्यसैले आफ्नो व्यापार व्यसाय र उत्पादनको बारेमा विश्वलाई जानकारी दिन फेसबुक सजिलो माध्यम बनेको छ।
साना होस् वा ठूला सबै खाले व्यवसायहरुले आजभोलि फेसबुकमा आफ्ना उत्पादनको विज्ञापन गरि प्रचार प्रसार गरिरहेका हुन्छन्। फेसबुकमा तपाईं हामीले लाइक नगेरको पेजबाट स्पोन्सर भनेर देखिने पोस्टहरू नै विज्ञापन हुन्। जुन फेसबुकलाई पैसा तिरेपछि मात्र त्यसरी देखिन्छन्। यही नै फेसबुकको मुख्य आम्दानीको श्रोत हो।
फेसबुकले सिधै दिनभरमा यति घण्टा फेसबुक चलाएको भनेर पैसा बाँड्दैन। यदी तपाईं फेसबुकको अडियन्स नेटवर्कमा सहकभागी भई काम गर्नुहुन्छ भने सिधै फेसबुकलेनै यसका विज्ञापनदाताबाट आएको पैसाको केही प्रतिशत पैसा दिन्छ।
फेसबुकको अडियनस नेटवर्कमा सहभागी हुन फेसबुक रिलेटेड प्रोडक्ट बनाउनुपर्छ जस्तै मोबाइल एप वा इन्स्टेन्ट आर्टिकल। मोबाइल एप्स बनाएर त्यसमा फेसबुकमा गरिएका विज्ञापन आफ्नो मोबाइल एपमा देखिने बनाएर पैसा कमाउन सकिन्छ यसको लागि मोबाइल एप्स बनाउने ज्ञान र बनाउने एप्समा नयाँ नौलो कुरा हुनुपर्छ ताकि सबैले उक्त एस्स डाउनलोड गरी हरेक दिन चलाउन्।
यस्तैगरि इन्स्टेन्ट आर्टिकलमार्फत् पनि फेसबुकबाट पैसा कमाउन सकिन्छ। इन्स्टेन्ट आर्टिकल भनेको समाचारका लिंकहरू फेसबुकमा छिटो खुल्ने बनाउनु हो। जस्तै फेसबुकको मोबाइल एप्सबाट कुनै समाचारका लिंक खोल्दा अन्य साइटहरु भन्दा छिटो खुल्छन् र फेसबुकमा जस्तै त्यहाँ पनि स्पोन्सर भनेर विज्ञापन आउँछन्। तपाईंसँग कुनै विषयमा लेखन सम्बन्धी ज्ञान छ वा समाचार लेखेर पनि इन्स्टेन्ट आर्टिकल बनाउन सक्नुहुन्छ। यो सजिलो पनि छ। यसको लागि एउटा व्लग वा वेबसाइट र फेसबुक पेज बनाउनुपर्छ।
यदि आफ्नै वेबसाइट छ भने व्लग बनाउनु पर्दैन। ब्लगर डटकम मा गएर आफ्नो ब्लग अकाउन्ट बनाउनुहोस् यो निशुल्क छ। यो गुगलकै उत्पादन भएको हुँदा जिमेल आइडीको प्रयोग गरी लगइन गर्न पनि सकिन्छ। ब्लग बनाउँदा व्लगको टाइटल, व्लगको एड्रेस र टेम्प्लेट छान्नुपर्छ।
फेसबुकको पेज अप्सनमा गएर क्रिएट पेजमा क्लिक गरी मागिएका विवरणहरू भर्दै गए फेसबुकमा पेज बनाउन सकिन्छ। फेसबुकमा पेज बनाउन वा व्लगरमा आफ्नो ब्लग बनाउँदा कुनै समस्या लागेमा युट्युबको सहायता लिन सकिन्छ। युट्युबमा गएर हाउ टु क्रिएट फेसबुक पेज, हाउटु क्रिएट व्लग अन व्लगर जस्ता किवर्ड सर्च गरेर देखिने भिडियो गाइडहरुलाई पछ्याउँदै पनि व्लग र फेसबुक पेज बनाउन सकिन्छ। यसरी व्लग र फेसबुक पेज बनाइसकेपछि आफ्नो व्लग वा वेबसाइटलाई इन्स्टेन्ट आर्टिकल बनाउनुपर्छ।
httpsM//instantarticles=fb=com मा गएर साइनअप गर्नुपर्छ। त्यसपछि आफूले बनाएको फेसबुक पेजलाई सेलेक्ट गरि एक्सेस इन्स्टेन्ट आर्टिकल टुलमा क्लिलिक गर्नुपर्छ। अब फेसबुकको पब्लिसिङ टुल खुल्ने छ त्यहाँबाट आफूले बनाएको व्लगलाई कनेक्ट गर्नुपर्छ। त्यहाँ कनेक्ट योर साइट भन्ने मा क्लिक गरेपछि कालो बाकसभित्र एङगल ब्राकेट भित्र कोड देखिन्छ त्यसलाई कपि गर्नुहोस् र व्लगर डटमकामा गई थेम मा क्लिक गर्नुहोस्।
अनि इडिट एचटिएमएलमा किलिक गर्नुहोस्। त्यहाँ धेरै कोडहरु देखिन्छ अब फाइन्ड अप्सनको प्रयोग गरी </head> लाई भेटाउनुहोस र त्यो भन्दा मथिल्लो लाइनमा अघि कपि गरेको कोड पेस्ट गरि सेभ थेममा क्लिक गर्नुहोस्। अब फेरि फेसबुकमा आएर युआरएलमा आफ्नो व्लगको एड्रेस लेखी क्लाइम युआरएलमा क्लिक गर्नुहोस्। त्यो भन्दा थोरै मुनितिर स्टाइल भन्ने अप्सन हुन्छ त्यहाँ गए आफ्नो ब्लगको लोगो अपलोड गर्नुपर्छ। त्यसपछि आफ्नो व्लग वा वेबसाइटको फिड युआरएल राखि १० वटा भन्दा बढी समाचार वा लेखहरु पोस्ट गरिसकेपछि फेसबुकलाई भेरीफिकेसन गर्न पठाउन सकिन्छ।
फेसबुकबाट आफ्नो इन्स्टेन्ट आर्टिकल एप्रुभ भएर आएपछि आफूले पैसा कसरी प्राप्त गर्ने हो त्यो विवरण पेआउट अप्सनमा खाख्नुपर्छ। नेपालमा भएको बैंक खातामा पनि पैसा रिसिभ गर्न सकिन्छ। पेआउट अकाउन्ट बनाउँदा तपाईंको पान नम्बर वा ट्याक्स नम्बर भर्नुपर्ने हुन्छ यदी छैन भने नागरिकता नम्बर वा पासर्पोट नम्बर पनि राख्न सकिने फेसबुकमै कार्यतर एक कर्मचारीले आफ्नो व्लगमा लेखेका छन्।
आफ्नो इन्स्टेन्ट आर्टिकलमा विज्ञापन देखिने बनाउन एडप्लेसमेन्ट बनाउनुपर्छ। उक्त कोड आफ्नो वेबसाइटमा राखेपछि इम्प्रेसन र क्लिकको आधारमा आफ्नो खातामा पैसा जम्मा हुँदै जान्छ।
१०० अमेरीकी डलर पुगेपछि फेसबुकले उक्त पैसा तपाईंको बैंक खातामा स्विफ्ट सिस्टमबाट जम्मा गरिदिन्छ। ४० हजार लाइक भएको फेसबुक पेजबाट एक अनलाइन सञ्चार माध्यम सञ्चालकले मासिक १०० देखि १५० डलरसम्म आम्दानी हुने गरेको प्रमाणसहित दावी गरेका छन्।
इन्स्टेन्ट आर्टिकल सेटअप गर्ने तरिका आधार एउटै भए पनि वेबसाइट बनाउन प्रयोग भएको कन्टेन्ट मेनेजमेन्ट सिस्टम अनुसार फरक हुने हुँदा अफूले प्रयोग गरेको सि.एम.एस.मा कसरि सेटअप गर्ने भनेर गुगल वा युट्यूवमा हेर्न सकिन्छ।
डलर खाता के हो ?
सिधै विदेशी मुद्रा जम्मा गर्नका लागि बैंकका खोलिने खाता नै विदेशी मुद्रा खाता वा डलर खाता हो। नेपालका बैंकहरुले डलर, युरो लगायतका मुद्रा बचत गर्न एवं कारोबार गर्न मिल्ने विदेशी मुद्रा बचत खाता सञ्चालनमा ल्याएका छन्।
अन्य समान्य बचत खाता खोलेजस्तै बैंक शाखामा गएर विदेशी मुद्रा बचत खाता खोल्न सकिन्छ। बैंकमा विदेशी मुद्रा खाता खोल्ने नेपालीले एक वर्षमा १५ हजार अमेरिकी डलरसम्म खर्च गर्न पाउने व्यवस्था छ। प्रत्येक नेपालीले विदेश जानका लागि भिसा लागेको पासपोर्टको आधारमा २५ सय अमेरिकी डलर खर्च गर्ने सुविधा पाउँछन्।
धेरै विदेश यात्रा गरिरहनेहरुका लागि यस्तो खाता महत्वपूर्ण हुन्छ। बैंकमा गएर पैसा साट्नुपर्ने झन्झट हुँदैन भने खल्तीमा धेरै नगद बोकेर हिँड्नुपर्ने अवस्था पनि रहँदैन। त्यस्तै, नेपालीले विदेशी मुद्रामा कमाएको आय विदेशी मुद्रामै बचत गर्दा विदेशी विनिमय सञ्चिति बढ्न गई मुलुकको आयात धान्ने क्षमता बढ्छ।



लोकपाटी न्यूज

