नागरिक लगानी कोषका हकप्रद शेयरधनीले २८ गतेबाट आवेदन दिन सक्ने

लोकपाटी न्यूज

काठमाडौं । नागरिक लागानी कोषले निष्कासन गर्न लागको चुक्तपूँजीको १ : ०.८३ अनुपातको हकप्रद शेयरमा शेयरधनीहरुले पुस २८ गतेदेखि आवेदन दिन सक्ने भएका छन् । कोषले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा २०७७ पुस १३ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुको लागि उक्त हकप्रद निष्कासन गरेको हो।

कोषले १०० रुपैयाँ अंकित दरका १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद साधारण शेयरको निष्कासन गर्न लागेको छ । उक्त हकप्रद निष्कासन बन्द माघ १९ गते बैंकिङ्ग समय पश्चात् हुनेछ।

हाल कोषको चुक्तापूँजी १ अर्ब ६४ करोड ७ लाख ४० हजार ८०० रुपैयाँ रहेको छ भने जसलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको १ करोड ६४ लाख ७ हजार ४०८ कित्ता साधारण शेयरमा विभाजन गरिएको छ । हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गरेपश्चात् कोषको चुक्तापूँजी ३ अर्ब रुपैयाँ पुग्ने छ ।