३२ देशका प्रवासी एकता मञ्चद्वारा संसद बिघटनको भर्त्सना

लोकपाटी न्यूज

काठमाडौं। प्रवासी नेपाली एकता मञ्चहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संसद् विघटन गर्न गरेको निर्णयबाट आफूहरु स्तब्ध भएको जनाएको छ। मञ्चले प्रधानमन्त्रीको यो कदम असंवैधानिक रहेको र जनताको चाहना विपरित रहेको ठहर गरेको छ।

विभिन्न ३२ देशमा रहेका नेकपानिकट प्रवासी नेपाली एकता  मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‛देश कोरोनाको कहरबाट गुज्री रहेको बेला जनताको पीडामा मल्हम लगाउनु पर्ने बेलामा सरकारको यो निर्णय गलत छ। तीन वर्षअघि जनताको म्यान्डेटबाट आएको झन्डै दुइ तिहाई बहुमत प्राप्त सरकारले देशको मुहार फेर्न क्रान्तिकारी र प्रगतिशील कदमहरु उठाउने आम जनताको आशा थियो। तर सरकारले शुरुदेखि नै त्यस दिशामा काम गर्न सकेन। पार्टी भित्रबाट सच्चिन बारम्बार सल्लाह दिंदा प्रधान मन्त्री र उहाँका निकटहरुले त्यसलाई दबाबका रुप लिनु भयो। समझदारी र संवादको माध्यमबाट तार्किक निष्कर्षमा पुग्ने सम्भावना बांकी रहंदा रहंदै पनि संसद विघटन गर्ने सरकारको यो निर्णय गलत छ भन्ने हाम्रो मान्यता छ।’

मञ्चले यदि कुनै किसिमले सच्याउन सम्भव भए यो कदमलाई सच्याएर वार्ता र छलफलबाट अहिलेको संकटलाई निकास दिन समेत आग्रह गरेको छ। सरकारकै बहुसंख्यक मन्त्रिहरु, प्रतिपक्ष लगायत सबैले विरोध गरिरहेको यो कदमले देशलाई अस्थिरताको बाटोमा लग्ने भएकाले तत्काल सच्याउन विज्ञप्तिमा उल्लेख गरिएको छ।

वक्तव्यमा बेलायत, पोर्चुगल, साइप्रस, युएई, बहराइन, ओमान, इजरायल, जर्मनी। स्विजरल्यान्ड, जापान, अष्ट्रिया, डेनमार्क, कतार, साउदी अरब लगायतका मुलुकस्थित प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष एवम् सचिवहरुको नाममा वक्तव्य जारी गरिएको छ।

संयुक्त वक्तव्य जारी गर्नेमा आयरल्यान्ड, कोरिया, बेल्जियम, स्पेन, नर्वे, अमेरिका, कुवेत, हङकङ, मकाउ, नेदरल्यान्ड, अष्ट्रेलिया, स्वीडेन, रशिया, जर्मनी, फ्रान्स, मलेसिया, इटाली लगायतका देशस्थित संगठनका अध्यक्ष र सचिव पनि छन्।

विज्ञप्ति जारी गर्नेहरु:

१. युके
राजेन्द्र पुडासैनी -अध्यक्ष
सुरेश गौतम-सचिब

२.पोर्चुगल
डोलराज भण्डारी-सचिब
३. साइप्रस
रमिला राई: अध्यक्ष
केसव ठकुरी -सचिव
४.बहराईन
नारायण रपाल बिस्वकर्मा, सचिव
५.युएई,
बाबुराम बिश्वकर्मा-अध्यक्ष
६. ओमान-
उमेश बि.क.अध्यक्ष
७.ईजरायल
अनिरुद्र जोशी सुवेदी . सचिब
८. जर्मनी
चन्द्र कान्त आचार्य. अधक्ष्य
सागर पोखरेल- सचिव
९. स्वीटजरल्याण्ड
अचुत प्रसाद फुयाल( अध्यक्ष
१०.जापानस्
हवल चन्द्र लामा-अघ्यक्ष
११। अस्ट्रिया
धर्मराज खतिवडा- अध्यक्ष
रबिचन्द्र भट्टराई- सचिव
१२. डेनमार्क
अध्यक्ष: उदय राज गौतम
सचिव : कृष्ण धानुक
१३.कतार
मोहन कार्की- सचिब
१४. साउदी अरब
सिबराज जैसी अध्यक्ष
राजु खनाल सचिब
१५. आयरल्याण्ड
शुक मान लामा- अध्यक्ष
१६  कोरिया
दिलिप धिताल अध्यक्ष
१७. बेल्जियम
जित बहादुर लामा- अध्यक्ष
१८.नेदरल्याण्ड
थानेश्वर गौतम- सचिव
१९. स्पेन
अशोक किरण न्यौपाने – सचीव
२०. अस्ट्रेलिया
प्रवीण कणेल-सचिव
२१. मकाउ
मनोज कुमार धामी -सचिव
२२. अमेरिका
प्रकाश अधिकारी -सचीव
२३. हंगकंग
जे बी ओख्रबु (अध्यक्ष
२४.डेन
मदन ढकाल (अध्यक्ष
२५. कुबेत
मुनु भुजेल-सचिब
२६। मलेशिया
रमेश प्रसाद तिवारी – अध्यक्ष
दयाराम कुमाल-सचिव
२७. फ्रान्स
सुमन पौडेल -सचीव
२८. रसिया
डा. मन मुर्ति भुर्तेल- अध्यक्ष
इन्द्र प्रसाद भुसाल – सचिव
२९. हरिभक्त काराखेती – सचिव, इटाली
३०.  नर्बे
सचिव सन्तोष भण्डारी
३१. भारत
लोकनाथ भण्डारी
३२. क्यानडा
अशोक खड्का -सचिव

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्