सिञ्जा २५ भदौ/उपेन्द्र न्यौपाने। जुम्ला जिल्लाको सिञ्जा गाउँपालिका–५ बारे गाउँको सामुदायिक वनमा जंगली भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। सोमबार बेलुका ४ बजे जङ्गलमा निगालो काट्न गएको बेला जगत बहादुर शाहीलाई भालुले आक्रमण गरेको हो।
भालुले आक्रमण गरी गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको बिमारीका आफन्त रतन शाहीले बताए। ‘शाहीलाई सामुदायिक बनमा नै भालुले आक्रमण गरेको हो’ उनले भने, ‘शाहीको अवस्था अहिले सामान्य रहेको छ।
भालुले आजसम्म दुई जनालाई आक्रमण गरिसकेको जगबहादुर शाहीले जानकारी दिए।



लोकपाटी न्यूज
