काठमाडौं। जम्मु काश्मीरमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ। पाकिस्तानी सेनाको गोली लागेर जम्मु काश्मीरमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको हो।
शुक्रबार जम्मु काश्मीरको रजौरी जिल्ला नौसेरा सेक्टरस्थित एलओसीमा भारतीय सेनामा कार्यरत हवल्दार सम्बुर गुरुङको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते भएका गुरुङको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको हो।
भारतीय रक्षा प्रवक्ता कर्णेल देभेन्द्र आनन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हवल्दार सम्बुर गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक हुन्। उनको कतर्व्य पालनाका क्रममा गरेको उच्च बलिदानीको मुलुक सधैं ऋणी रहनेछ।’ उनले शत्रुको प्रहारलाई भारतीय सेनाले कडा जवाफ फर्काएको थियो। हिन्दुस्तान टाइम्स



लोकपाटी न्यूज

