दक्षिण कोरिया-दैलेख सेवा समाजको अध्यक्षमा चौलागाईं

chaulagai
लोकपाटी न्यूज

काठमाडौं। दक्षिण कोरिया दैलेख सेवा समाज गठन गरिएको छ। राकेश चौलागाईंको अध्यक्षतामा समाज गठन गरिएको हो। जसको वरिष्ठ उपाध्यक्षमा तिलक थापा (नारायण नगरपालिका), उपाध्यक्षमा प्रेम शाही (नौमुले गा पा), उपाध्यक्षमा कलम कार्की (भैरबी गा पा), महिला उपाध्यक्षमा सीता शर्मा, (नारायण न पा) महासचिवमा ( आत्मापुरुश आचार्य (आठबिस न पा) सचिवमा रमेश बहादुर शाही, (गुराँस गा.पा), सचिवमा प्रबिण शाही (चा बि न पा), सचिवमा भक्ती प्रसाद आचार्य (आठबिस न पा) कोषाध्यक्षमा लक्ष्मण शर्मा (महाबु गापा), सहकोषाध्यक्ष कर्ण बिक (गुराँस गापा) चयन भएका हुन्।

यस्तै, सल्लाहकारहरुमा बखत बहादुर थापा, धर्म तिवारी, गणेश कोइराला, अनिल शाही रहेका छन्। १२ जना पदाधिकारी,४ जना सल्लाहकार, २३ जना सचिवालय सदस्य गरी ३८ जनाको कार्यसमिति तथा १२१ जना सक्रिय सदस्यसहित कुल १५९ जनाको दक्षिण कोरिया दैलेख सेवा समाज गठन गरिएको छ।

अध्ययन,व्यापार तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका दैलेखी दाजुभाइ दिदिबहिनीहरुको सामूहिक छलफल र परामर्शमार्फत् दैलेखी एकता,सामाजिक भावनाको अपनत्व अभिवृद्धि,आपसी तथा सामाजिक सेवा प्रदान गर्ने उद्देश्यका साथ दैलेख सेवा समाज दक्षिण कोरिया गठन गरिएको अध्यक्ष चौलागाईंले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्