सामान्य प्रशासनतर्फका २२ उपसचिव भए सहसचिव (नामसहित)

LOK-SEWA-AAYOG
लोकपाटी न्यूज

काठमाडौं, १२ असार। सामान्य प्रशासनतर्फका २२ जना उपसचिवले सहसचिवको परीक्षा पास गरेका छन्। लोकसेवा आयोगले उनीहरू २२ जनालाई नियुक्त दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ।

आयोगका अनुसार असार २ गतेदेखि शुक्रबारसम्म उनीहरूको अन्तर्वार्ता भएको थियो। लिखित परीक्षा, मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताबाट उनीहरू २२ जना सहसचिव भएका हुन्। आयोगको सूचनाअनुसार नवराज ढुंगाना पहिलो नंबरमा सिफारिस भएका छन्।

उपसचिवहरू तीर्थराज भट्टराई, लीलाप्रसाद शर्मा, बन्धुप्रसाद बास्तोला, प्रकाश पौडेल, नारायणप्रसाद अर्याल, भरतमणि पाण्डे, खगेन्द्रप्रसाद रिजाल, बाबुराम गौतम, जीवलाल भुसाल, रोशनीकुमारी श्रेष्ठ र धर्मेन्द्र कुमार मिश्र पनि सहसचिवको नियुक्तिका लागि सिफारिसमा परेका छन्।

यसैगरी महेश बराल, सुनिता नेपाल, नारायणप्रसाद रिसाल, विष्णुप्रसाद कोइराला, अरुण पोखरेल, अर्जुनप्रसाद भट्टराई, महेश भट्टराई, लक्ष्मीप्रसाद निरौला, बुद्धबहादुर गुरुङ र सुरेश न्यौपाने पनि सहचिवको परीक्षामा उत्तीर्ण भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्