पोखरा, ८ असार। गण्डकी बिकास बैंक लिमिटेडले तालचोक शाखाको चौथो स्थापना दिवसका अवसरमा सहयोग गरेको छ। बैंकले पोखरा महानगरपालिका २७ मा रहेको कृष्ण प्रणामी बृन्दावनधाममा आवासीय रुपमा अध्ययनरत आठ बालबालिकाहरुको पठनपाठन तथा भोजनमा सहयोग पुग्ने गरी खाद्यान्न सहयोग गरेको हो।
ताल चोक शाखाको चौथों स्थापना दिवसका अवसरमा गरिएको खाद्यान्न सहयोग हस्तान्तरण गर्दै गण्डकी विकास बैकका कार्यकारी प्रमूख रेशमबहादुर थापाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरर्गत खाद्यान्न सहयोग गरेको बताउदैै बैंकले यस्ता प्रकारका कार्यक्रमहरुलाई आगामी दिनहरुमा पनि निरन्तर तादिँदै जाने बताए।
कार्यक्रमका अवसरमा कृष्ण प्रणामी बृन्दावनधामका गुरु विष्णु वशिष्ठले उक्त सहयोगबाट त्यस संस्थामा केहीभए पनि राहात पुग्नेभन्दै बैंकले गरेको सहयोग सानाबाबु नानीहरुको भविष्यसँग जोडिएकोले पुण्यको काम भएको बताए। धामकी सञ्चालक कला गुरुङ्गले गण्डकी विकास बैँक परिवार प्रतिहार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन्।
तालचोक शाखाका प्रवन्धक सन्तोष गुरुङ्गले गण्डकी विकास बैँक लिमिटेडले आफ्नो स्थापनाकाल देखिनै सामाजिक क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेको बताए। उक्त अवसरमा लेखनाथ क्षेत्रमा बसेर पत्रकारितागरिरहेका त्यस कार्यक्रममाउपस्थितपत्रकारहरुलाई मास्क र स्यानीटाइजर समेत वितरण गरिएको थियो।
सो अवसरमा कृष्ण प्रणामी बृन्दावन धामका उपाध्यक्ष शंकर पौडेल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल, धामकी कोषाध्यक्ष उमा गुरुङ्गल लगायतले बैंकको सहयोग प्रतिआभार एवं धन्यवाद व्यक्त गरेका थिए। गण्डकी विकास बैंकका सहायक कार्यकारी ज्ञानेन्द्र पन्त, कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रम लेखनाथ पत्रकार मञ्चका कोषाध्यक्ष सन्दिप पौडेलले गरेका थिए।



लोकपाटी न्यूज

