एजेन्सी। बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याको खबरले विक्षिप्त बनेका दुई जना युवाले पनि आत्महत्या गरेका छन्। भारतको मध्य प्रदेश सागर जिल्लास्थित खुरईकी एक २० वर्षीय युवती र उत्तर प्रदेशको बरेलीमा कक्षा १० मा अध्ययनरत एक छात्रले आत्महत्या गरेका हुन्।
युवतीले आतमहत्या गर्नुअघि ‘म पनि सुशान्तसिंह राजपूतजस्तै फासी लगाउनेछु’ भनेकी थिइन्। यस्तै, बरेलीका छात्रले पनि सुशान्तको आत्महत्याको खबर सुनेर आत्महत्या गरेका छन्। उनले सुसाइड नोटमा ‘अभिनेता सुशान्त सिंह आत्महत्या गर्न सक्छन भने म किन सक्दिनरु’ भनेर लेखेका थिए।
मृतक उनीहरुको शव पोस्टमार्टमका लागि पठाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सुसाइड नोटमा सुशान्तको निधनको खबरले उनीहरु निकै विक्षिप्त भएको बुझिएको छ।



लोकपाटी न्यूज

