राजनीतिमा आउने अभिनेत्री मनिषा कोइरालाको तयारी

Manisha koirala
लोकपाटी न्यूज

काठमाडौं, २१ जेठ। अभिनेत्री मनिषा कोइराला नेपालको राजनीतिमा आउने तयारी गरिरहेको बुझिएको छ। पछिल्ला वर्ष सामाजिक कार्यमा सक्रिय रहेकी उनी चलचित्र क्षेत्रमा भने देखिन छाडेकी छन्।

सरकारले हालै लिम्पियाधुरा कालापानी र लिपुलेक समेटेर मुलुकको राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेको छ। यसबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली गरेको ट्वीटमा रिट्वीट गरेकी मनिषाविरुद्ध भारतीय मिडिया लागेपछि उनको देशभक्तिको रुपमा सामाजिक सञ्जालमा निकै तारिफ भयो।

उनलाई राजनीतिमा आउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आग्रह पनि गरे। तर, यस बेला भारतमा रहेकी मनिषा मंगलबार बेलुकी बेलहिया नाकाबाट नेपाल भित्रिएकी छन्। सीमानामा आइपुगेपछि नेपाली सेनाको टोलीले पिकअप गरेको मनिषा र उनको परिवारका सदस्यहरु होटलमा क्वारेन्टाइनमा बस्नेछन्।

मनिषा नेपाल प्रवेश गरेसँगै उनी राजनीतिमा प्रवेश गर्ने चर्चाले अहिले बहस पाइरहेको छ। बलिउडमा स्थापित अभिनेत्री मनिषाले आफू राजनीतिमा आउने या नआउने विषयमा हालसम्म कुनै धारणा सार्वजनिक गरेकी छैनन्। तर, उनी राजनीतिमा आउने माहोल भने बनाइरहेकी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्