काठमाडौं, १५ जेठ। सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को बजेट घटेर आएको छ। सरकारले आज (बिहीबार) आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ। बुधबार संघीय संसदमा अर्थमन्त्री डा। युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका छन्। चालु आर्थिक वर्ष २०७६र७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो।
आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ। बजेटको स्रोत व्यवस्थापनमा राजश्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताएका छन्। आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने उनले जानकारी दिएका छन्। उनका अनुसार सो न्यूनपूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड ऋण जुटाइने छ।
राजश्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि नपुग हुने खुद २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने मन्त्री खतिवडाले बताएका छन्। अर्थमन्त्री डा. खतिवडाले अर्थमन्त्रीका रुपमा लगातार तेस्रो बजेट ल्याएका हुन्। चालू आर्थिक वर्षका लागि उनले गत वर्ष १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेका थिए।
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2020/05/बजेट_वक्तव्य_२०७७_website-1.pdf” download=”all”]



लोकपाटी न्यूज

