१० जनालाई बैंकको एक शाखाले सहुलियत कर्जा दिनै पर्ने

Bank
लोकपाटी न्यूज

काठमाडौं, १५ जेठ। हरेक वाणिज्य बैंकको एक शाखाले कम्तिमा १० जनालाई सहुलियतपूर्ण स्वरोजगार कर्जा दिनुपर्ने भएको छ। आगामी आर्थिक वर्षमा ब हरेक वाणिज्य बैंकको एक शाखाले कम्तिमा १० जनालाई सहुलियतपूर्ण स्वरोजगार कर्जा दिनुपर्ने भएको हो।

बजेट भाषणमार्फत् अर्थमन्त्री युवराज खतिवडाले सो व्यवस्था गरेको बताए। वाणिज्य बैंकको शाखा जुन स्थानमा रहेको छ सो क्षेत्रका १० जनालाई सहुलित पूर्ण स्वरोजगार कर्जा दिनु पर्ने बजेट भाषणमा उल्लेख गरिएको छ। त्यस्तै विकास बैंकले भने प्रति शाखा ५ जनालाई कर्जा वितरण गर्नु पर्ने व्यवस्था अर्थमन्त्रीले गरेका छन्।