बोल्दै जाँदा जिब्रो चिप्लियो, अब बोल्दा हेक्का राख्छु : वर्षा राउत

लोकपाटी न्यूज

काठमाडौं, ११ जेठ। नायिका वर्षा राउतले भारतसँगको सीमा विवादमा आफ्नो जिब्रो चिप्लिएको बताएकी छिन्।शनिबार एक लाइभ कार्यक्रममा बोल्दै नेपाली र भारतीय पत्रकारहरुले नेपालभारत बिच सीमा विवाद उचालेको आरोप लागेको वर्षाले २४ घण्टा वित्न नपाउँदै आफ्नो जिब्रो चिप्लिएर त्यस्तो बोलेको भन्दै माफि मागेकी छिन्।

सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै वर्षाले प्रत्यक्ष प्रशारणमा बोल्दै जाँदा जिब्रो चिप्लिएको जिकिर गरेकी छिन्। ‘प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला’ नायिका वर्षाले अगाडी भनेकि छिन्–‘तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि–तल परेकी छैन।’

वर्षाले आफुलाई नेपाली हुनुमा गर्व रहेको बताएकी छिन्। संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र रु प्रश्न गर्दै वर्षाले “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको बताएकी छिन्। ‘आफ्नो परिचयलाई नै अङ्गिकार गर्नसक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु। म नेपाली हुँ, मलाई गर्व छ।’

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमि नेपालकै रहेको बताएकी छिन्। ‘हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु।’ वर्षाले भारतीय मिडियाले प्रयोग गरेका जस्ता शब्दहरु नेपाली मिडियाले पनी प्रयोग नगरोस भनेर आफुले उक्त अभिब्यक्ति दिएको बताएकी छिन्। उनले अब आइन्दा बोल्दा हेक्का राखेर बोल्ने बताएकी छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्