दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता

लोकपाटी न्यूज

काठमाडौं, ५ जेठ। नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन्। सोमबार बिहान भएको १८ औं संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दिवेश दोस्रो भएका हुन्।

उनी काठमाडौंका हुन्। दिवेश अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बनेका छन्। टप फाइभमा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई छानिएको थियो। उत्कृष्ट दुईमा दिवेश र सामन्था डियाज अर्थात् ‘जस्ट साम’ छनोट भएका थिए । दिवेशलाई हराउँदै अश्वेत मुलकी सामले आइडलको उपाधि जितेकी हुन् । साम स्कुल पढ्दादेखि नै न्युयोर्कका सब वेमा गीत गाउने गर्थिन्।

दिवेश अध्ययनका क्रममा सन् २०१४ मा अमेरिका पुगेका थिए। गत फागुनमा यस प्रतियोगिताका लागि छनोट भएसँगै दिवेशको चर्चा चुलिएको थियो। आज भएको फाइनलमा सबै प्रतियोगीले आफ्नै घरबाट प्रस्तुति दिएका थिए।टप २१ छनोट भएपछि कोरोना भाइरसको महामारीका कारण प्रतियोगीहरुलाई घर पठाइएको थियो। अप्रिलदेखि घरबाटै भर्चुअल शो गर्ने गरी पुनः कार्यक्रम सुरु गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्