‘ओलीकाे बिकल्प खाेजाैं’

Baburam nepali
लोकपाटी न्यूज

– बाबुराम नेपाली

विश्व परिवेशमा यतिबेला कोभिड-१९ कोरोना माहामारी फैलिरहेको छ। यस सन्दर्भमा मानव समाजमा जिवन र जगतको बहस चलिरहेको छ। विश्व राजनीति दुई धु्रविकरण छ। पुँजीवादी र समाजवादी देशहरुमा आजको विश्वमा शक्तिको होडवाजी गरिरहेको अमेरिका, बेलायत, जर्म्नि, स्पेन, इटालि लगायत अत्याधुनिक हतियार बनाउन उद्धत छन्। देशको महत्वपूर्ण बजेट छुट्याउछन्।

विश्वलाई नै चुनौति दिँदै हिडेका मात्र छैनन् यो पृथ्वी हाम्रै कब्जामा छ भन्छन्। पुँजीवादी देशमा न्युनतम मानवियता पनि नभएको कारण दिनदाहाडै हजारौँ मानिस मरिरहेका छन्। अझ भनौँ आफूलाई पुँजीवादको मसियार ठान्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो विश्व मानव संकटमा माहामारी नियन्त्रण गर्न न एक पैसा बुद्धि बिवेक लगाएत न कुनै एक पैँसाको कोष निर्माण गरे यति मात्रै होइन। अहमतावादी, अमानविय, गैरजिम्मेवार धारणा व्यक्त गर्दै अमुल्य मानव र जैविक प्रकोपको खिल्ली उडाएका छन्। चाइनाको वुहानबाट फैलियको यो माहामारी समाजवादी देशहरु उत्तर कोरिया, चाइनाले नियन्त्रणमा लिई सकेको छ।

यो सन्दर्भलाई मुल्यांकन गर्दा समाजवादी देशहरु जनजिविका, जनता र राष्ट्रहितप्रति असाध्यै उत्तरदायी रहेको देखिन्छ। यतिवेला समग्र मानव जगतमा पुँजीवादको बिकल्प बैज्ञानिक समाजवादको टड्कारो आवश्यक्ताको बहस हुन थालेको छ। विश्व कम्युनिष्ट आन्दोलनमा हेर्नेहो भने रुसी कम्युनिष्ट पार्टी निर्माण शक्तिशाली प्रयोग मानिन्छ।
त्यसै सन्दर्भलाई हेर्ने हो भने नेपालमा वर्षौ देखि छिन्न भिन्न रहेका दुई ठूला कम्युनिष्ट पार्टी केहि वर्ष अगाडि तत्कालिन माओवादी केन्द्र र एमाले शत्ता शक्ति प्राप्तिका लागी चुनावि तालमेल गर्दै पार्टी एकतामा रुपान्तरण भयो।
वर्षौदेखि नेपाली जनताले अपेक्षा गरेको वामपन्थि एकताको प्रकृयामा छ। पार्टी एकता पछि आफ्ना गल्तिहरु नदेख्ने समस्याले विचार, कार्यक्रम र संगठनमा पार्टी अब्बल बन्ने प्रकृयामा अगाडि बढेन्।

स्वच्छाचारी चरित्रको बिकास हुँदै गयो। पार्टी संगठन कस्तो बन्ने वा बनाउने, देश र जनता संवृद्धि र सुखी बनाउने विधि पद्धति के हो यसका न्युनतम आधारहरु के के हुन्छ जस्ता बिषयहरुको तयारी नगरिकन झण्डै दुई तिहाइ मत बाम गठबन्धनले प्राप्त गर्‍यो उक्त गठबन्धनको नेतृत्व केपी ओलीले सुखी नेपाली र सम्वृद्धि नेपालको नारा दिँदै बडो तामझामका साथ सरकारको नेतृत्व गरे त्यसपछि आम नेपाली जनता, पार्टी कार्यकर्ता, नेता र प्रतिपक्षले समेत सुशासनसहित स्थिर सरकार र सम्बृद्ध नेपालको अपेक्षा गरेका थिए। केपी ओलीले पदभार ग्रहण गर्दै गर्दा यतिसम्म भनेका थिए कि खानको लागि मात्र हो भने अब कसैले केहि गर्नु पर्दैन सुती सुती खान पाउनु हुन्छ। घर घरमा सरकारले खाना पु¥याउछ। यो विषयले सबैको कान गुञ्जिरहेको छ। केपी ओलीले बोल्ने उखान टुक्का सम्झदा आम मान्छेलाई असान्दर्भीक लागेको छ। कम्युनिष्ट पार्टी नेतृत्वमा बनेको सरकार पश्चात् ३३ किलो सुनकाण्ड हुँदै सांसद अपहरणसम्म आउँदा उक्त गलत कार्यमाथि कानून उपर छानबिन गरी कारबाही गर्नुपर्ने ठाउँमा भ्रष्टचारलाई प्रश्रय दिँदै स्वयम ओली बचाउमा लागि रहेका छन्। देशको कार्यकारी ओहदामा रहेर देशको चौथो अंग आम सञ्चारमाथि विभिन्न आरोप प्रत्यारोप लगाउने र सञ्चार विधयकमार्फत् अंकुस लगाउने हर्कत गरे।

कोभिड- १९ कोरोना माहामारीसँग लडनु पर्ने संकटको बेला, देशको सार्वभौमिकता र स्वाधिनतामाथि गम्भिर प्रश्न उठि रहँदा सरकारको मुल नेतृत्वले देश र जनताको भावना र हित विपरित अध्यादेश ल्याउने, पानीजहाज अफिसलाई करोडौं पर्ने सवारी साधन खरिद गर्ने, कानूनी राज्यको बर्खिलाप गर्ने, सबै कुराको विज्ञ मै हुँ, म बाहेक अरु कोहि र केहि पनि होइनन्, सब मै हुँ। पार्टी र सरकारनै मै हुँ भन्ने पार्टीमा कुनै पनि विषयमा सम्बन्धित निकायमा आवश्यक छलफल, बहसको औचित्य नठान्ने, आफूलाई सर्वोपरी ठान्ने, जनतालाई निकम्मा मान्ने, जनताको जनमतको उपेक्षा गर्ने, निति, नियम, अनुशासन, नैतिकताको पाठसिकाउने स्वयम् केपी ओलीको नेतृत्वले कानूनी राज्यको खिल्ली उडाएर देश संकटमा परेको बेला अहोरात्र खटेर निकास दिनु पर्ने बेला त्यसको विपरीत भष्ट्राचार, दलाल, अपहरण,लुट र गुटको घेराभित्र रहेर पार्टी र सरकारमा रहि सुखी नेपाली, समृद्ध नेपालको नारा घनकाउने उनै केपी ओलीको बिर्ता त हैन यदि यो नारालाई साकार पार्ने हो भने केपी ओलीको स्वास्थ्यलाई ख्याल गरेर आराम गर्नु पर्दछ। पार्टी र सरकारमा ओलिको विकल्प खोज्नु नै देश जनता र स्वयम् ओलीको हितको लागि उपयुक्त हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्