अप्ठ्यारोमा दाल सकियो
चामल सकियो
यसैगरी आज जिन्दगीको
तलतल सकियो
भोकाहरुलाई खान दिने
निर्णय पारित भो
बा बितिसके पछि सदनको
छलफल सकियो
समस्या देखाइयो देश र
प्राण एक त्याग्नुपर्ने
प्राण त्यागेपछी समस्याको
हल सकियो
गरीबको घरमा
एक गेडो चमाल पुगेको छैन
राहत बाँडेर चामल हजारौं
क्यून्टल सकियो
छोरी रोए जस्तो गर्ने आमा
मरे जस्तो गर्ने
साच्चै आमा बितिछन्
छोरीको नक्कल सकियो
– कपिल देव



लोकपाटी न्यूज

