काठमाडौं, ४ बैशाख। कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा त्यहाँका बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह नगर्दा सेवाग्राही समस्यामा परेका छन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपराज नेपालको अध्यक्षतामा हालै बसेको बैठकले नियमित रुपमा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्नुपर्ने र एटीएम पनि खुल्ला राख्ने निर्णय गरेको थियो। तर प्रशासनको निर्णयअनुसार वित्तीय सस्थाले आफ्ना सेवालाई सुचारु नगर्दा सेवाग्राही समस्यामा परेको जनाइएको छ।
सेवाग्राहीले बैंकमा रकम झिक्न र लिन जाँदा बैंकहरु बन्द रहेको बताएका छन्। हेटौँडामा एनआइसी एशिया, सिर्जना, माच्छापुछ्रे, मेघा, नोविल, एनएमबी लगायतका अधिकांश बैंक तथा वित्तीय संस्था बन्द रहेको गुनासो पाइएको छ। सेवाग्राहीका अनुसार बैंकका पहरेदार९गार्ड०ले मुख्यद्वारबाट फर्काउने गरेको तथा एटिएम बिग्रेको तथा कम्प्युटरमा नेटवर्क कम आएको बताउँदै फर्काउने गरेको छ। सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बाणिज्य बैंक बिहान १० देखि १२ बजेसम्म खुल्ने गरेको छ। त्यहाँ साबुन पानी र सेनिटाजर लगाएर समाजिक दूरी कायम गरी प्रवेश गर्न दिइएको छ । ग्रामीण क्षेत्रका बैंक बन्द रहेको गुनासो पाइएको छ।



लोकपाटी न्यूज

