कुवेतमा १४ नेपालीमा कोरोना संक्रमण

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १४ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबारसम्ममा संक्रमित नेपालीको संख्या १४ पुगेको जानकारी दिएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले जानकारी दिए।

सङ्क्रमित सबैको स्वास्थ्य अवस्था स्थिर रहेको र कुवेतले आफ्ना नागरिकसरह नै उपचार गरिरहेको पनि सिलवालले बताए। संक्रमित नेपालीको स्वास्थ्य अवस्थाबारे कुवेतको स्वास्थ्य मन्त्रालयसँग दूतावासले नियमित जानकारी लिइरहेको पनि उनको भनाइ छ। कुवेतले यसअघि नै विदेशी नागरिकलाई पनि आफ्नो नागरिकसरह उपचार गर्ने बताएको थियो। कुवेतमा अहिलेसम्म १४ सय ५ जनामा कोरोना संक्रमण भएको छ। ११ सय ९६ जनाको अस्पतालमा उपचार भइरहेको छ। तीन जनाको कोरोनाको कारण मृत्यु भएको छ। २ सय ६ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्