काठमाडौं। कोरोना भाइरस रोकथामका लागि भारत सरकारले लकडाउन गरेसँगै भारत भरि नेपाली नागरिकहरूलाई आर्थिक संकट भएको छ। आर्थिक रुपमा कमजोर अवस्था भएकालाई बिहानदेखि साझसम्म चुलो बाल्न मुश्किल भएको छ ।
दिल्ली ओखला साइन बाग यरियामा बस्ने झण्डै एक हजार नेपाली परिवारको अवस्था दयनीय रहेको छ। साइनबागमा Nrc लगायत मुद्दाको आन्दोलन पछि त्यहाँ नोकरी गर्ने नेपाली समुदायलाई मालिकहरूले काम गरेको पैसा समेत दिएका छैनन्। सरकार नेपाली दूतावास संघर संस्था बुद्धिजीवी लगायतसँग पटक(पटक माग गरे पनि अहिलेसम्म समस्या हल भएको छैन। हजारौं नेपाली समुदायहरू साइन बाग आन्दोलन कोरोना भाइरसपछि झन दयनीय अबस्थामा बस्न बाध्य भएका छन।
निजामुद्दीन घटनासँगै साइन बाग यरियामा नेपाली समुदायले काम गर्ने केहि मालिकका परिवार, काम गर्ने घर वरिपरि कोरोना भाइरस देखिएसँगै त्यहाँको अवस्था चिन्ताजनक रहेको छ। कोरोनाविरुद्ध कसरी लड़ने,मालिकसँग काम गरेको पाँच महीनाको पैसा कसरी निकालने अब साझ बिहान कसरी गाँस जोड़ने र नेपाल कसरी जान सकिन्छ भन्ने नै मुख्य समस्या रहेको बताएका छन्।
शनिबार अखिल भारत नेपाली एकता मञ्चका युवा नेता आरबी खड्काको नेतृत्वमा अल इंडिया यूनियन टैक्सी, एसोसिएशन भारतका अध्यक्ष संजय सम्राटलगायत उनको एसोसिएशन परिवार, सूपा देउराली टूर एण्ड टा«वेल्स नई दिल्ली, तुलाराम शर्मा शोभाखर पन्थी, कृष्णा पौडेल , पर्वत समाज अन्तर्राष्ट्रिय सल्लाहकार दुबई गोपी चन्द भुसाल, शिबपूरी धाम प्रवासी समूह कोषाध्यक्ष भारत नई दिल्ली छबि लाल भट्टराई, देवी प्रसाद काफले, सोनीपत अखिल भारत नेपाली एकता मञ्चका नेता मानु क्षेष्ठ, अर्जुन दयाल, सङ्कर शर्मा, दिपक परिवार ऋतु लिम्बू, तूल बहादुर परिवार अटल, भरत परिवार लगायत सबैको सहयोगमा दिल्लीको ओखला साइन बाग जाकिर नगर जामिया, न्यू फ्रेंडस का«लनी गोविन्दपूरी यरियामा झण्डै नेपाली नागरिक गरीब मुस्लिम परिवारसहित ६ सय ४३ घर परिवारमा खानाराहत सामानहरू उपलब्ध गराएका छन्।
सो एरियामा ओखला साइन बागमा केहि स्थानमा सुरक्षा व्यवस्था कडा भएकोले केहि स्थानमा पुग्न सक्ने नरहेको मञ्चले जनाएको छ। उक्त एरियामा नेपालका अछाम,बाजुरा,बझांग ,कैलाली, डेलधुरा बैतड़ी,तनहुँ चितवन निवासी बस्ने गरेका छन्।



लोकपाटी न्यूज

