भारतको अस्पतालबाट भागेका कोरोना लागेका नेपाली पक्राउ

indian-police 1
तस्वीर बीबीसी
लोकपाटी न्यूज

काठमाडौं, २५ चैत। कोरोना भाइरस सङक्रमित एकजना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। भारतको उत्तरप्रदेश राज्यस्थित बागपत जिल्लाको अस्पतालबाट सिसा फोरेर भागेका एकजना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो।

धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सोमबार अस्पतालबाट भागेका थिए। सुनसरीस्थित भोक्राहाका भएका ती नेपालीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि शुक्रबार उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो।

तर सोमबार राति नै अस्पतालबाट झ्यालको सिसा फुटाएर उनी भागेपछि बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो। १० वटा टोली परिचालन गरेर उनलाई पुनड्ड नियन्त्रणमा लिइएको बागपतका प्रहरी सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवले जानकारी दिएको बीबीसीले जनाएको छ। बीबीसी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्