काठमाडौं। कोरोना भाइरसको महामारीको सन्त्रासले मानिसहरु आतंकित भइरहेका बेला लोकगायक तारापति सुवेदीले जनचेतनामूलक गीत सार्वजनिक गरेका छन्।
उनले कोरोना भाइरसबारे बच्ने उपायहरुका बारेमा गीतमा चर्चा गरेका छन्। गत हप्ता उनले सार्वजनिक गरेको गीतले कोरोना भाइरसको संक्रमण घटाउने विश्वास गरिएको छ।
सरकारले गत चैत्र १२ गतेदेखि सम्भावित जोखिमबाट बच्ने उपायका रुपमा लकडाउनको घोषणा गरेको छ। लकडाउनका कारण जनजीवन कष्टकर बन्दै जाँदा समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुले रचनात्मक काममा समय बिताउन थालेका छन्। सुवेदीले पनि लकडाउनको समयलाई सदुपयोग गर्दै कोरोनाबारे सचेतना जगाउने गीत सार्वजनिक गरेका हुन्।
गीतमा उनले साबुन पानीले हात धुन, भीडभाडमा नजान, मास्क लगाउन, भिटामीन सीयुक्त खानेकुरा खान, खानामा मसलाको प्रयोग गर्न पनि अपील गरेका छन्। यस्तो छ गायक सुवेदीको गीत।



लोकपाटी न्यूज

