अध्यक्ष प्रचण्डलाई आरोप लगाउनेहरूले यी सात प्रश्नको उत्तर दिन सक्छन् ?
नवीन बिक भाटभटेनीका सञ्चालक मीन बहादुर गुरूङ लगायतका व्यावसायिक घरनाहरूसँग जोडेर अध्यक्ष प्रचण्डलाई आरोप लगाउनेहरू कति अप्रमाणित र मिथ्या छन् भन्ने कुरा यसै कोरोना सामग्री खरिद प्रक्रियामा जोडिएका नवीन बिकको विषयले प्रष्ट पारेको छ। सामग्री खरिद सरकारले गर्ने अनि नवीन बिक भन्ने व्यक्तिसँग जोडेर अध्यक्ष प्रचण्डलाई आरोप लगाउनेहरूले नयाँपत्रिकाले प्रकाशित गरेको यी बुँदागत ६ प्रश्नहरूको खण्डन गर्न सक्छन् ?
(क) चीनमा पहिलो पटक कोरोना देखिएको ३१ डिसेम्बर अर्थात् पुसमा हो। २३ जनवरी अर्थात् ९ माघमा वुहान लकडाउन भएपछि विश्वको ध्यानाकृष्ट भयो। त्यसयताका ६७ दिनसम्म नेपाल सरकार किन मौन बस्यो ?
(ख) कोरोनाले चीनबाट दक्षिण कोरिया, जापान, इटाली हुँदै सिंगो युरोप र अमेरिका लपेट्दा संयोगले नेपालले असाधारण मौका पाएको छ। त्यो मौकाको सदुपयोग नेपाल सरकारले के काममा गर्यो ?
(ग) बुहान लकडाउन भएदेखि पूर्ण तयारीका लागि स्वास्थ्य उपकरण किन्न नेपाल सरकारले सम्बन्धित कम्पनीहरूलाई टेन्टर आब्हान गरेको थियो। २५ माघमा टेन्डर आव्हान गरेपछि १९ कम्पनीले कोटेशन हाले। तर दुई महिनासम्म ती कोटेशन सरकारले किन थन्क्यायो ?
(घ) गत सोमबार लकडाउन गरियो। पुरानो टेण्डर रद्व गरेर तीन घण्टाभित्र नयाँ कोटेशन दिन कम्पनीहरूलाई किन आव्हान गरियो ? ६२ दिन मौन बसेर तीन घण्टाभित्र नयाँ प्रस्ताव मागेको सरकारले खासमा कसको सेवा गर्न खोजेको हो ?
(ङ) सार्वजनिक खरिद ऐनले प्रतिस्पर्धा गराउन भन्छ। प्रतिस्पर्धा गराउनका लागि सरकारसँग पर्याप्त समय थियो। तर, जानाजान इमर्जेन्सी खडा गरेर सामग्री खरिद गर्नु भ्रष्टचार हो कि होइन ? आज जनताले मागे र भोलि कुनै संवैधानिक निकायले प्रश्न सोधेमा जवाफदेही हुने को हो ?
(च) चीनियाँ दुतावास र सिचुवान प्रान्तले दुई सय ८० रूपैयामा (१६.५० यूआन) मा दिएको एन–९५ मास्क नेपाल सरकारले आठ सय ३३ रूपैयाँ (सात डलर) मा कसरी किन्यो। त्यस्तै चिनियाँ सरकारले पाँच सय पाँच (३० युआन) का दरले दिएको प्रोटेक्टिभ गगल्स नेपाल सरकारले २१ सय ५२ रूपैया (१८ डलर) केका आधारमा तिर्यो ? चिनियाँ सरकारले चार हजार ७ सय १८ रूपैयाँ (दुई सय ८० यूआन) मा दिएको इन्फ्रारेड थर्मोमिटर नेपाल सरकारले किन्दा सात हजार सात सय ७१ (६५ डलर) कसरी पर्यो ?
(छ) प्रधानमन्त्री केपी शर्मा ओलीसँग अत्यन्त निकट मानिने नेताहरु नै एकपछि अर्को भ्रष्टाचार काण्डमा जोडिदै गएका छन्। आफ्ना प्रिय नेता गोकुल बाँस्कोटा बचाउन फिल्डमै उत्रिएका प्रधानमन्त्रीले भानुभक्त ढकाललाई किन काखी च्यापिरहेका छन् ? सरकारको नेतृत्व नै यस प्रकरणमा जोडिएको भन्ने आम बुझाइबारे सरकार किन बोल्दैन ?
(दिनेश लिम्बुको फेसबुक वालबाट।)



लोकपाटी न्यूज

