काठमाडौं। अष्ट्रेलियामा अध्ययनरत ८ जना नेपाली विद्यार्थीलाई कोरोना भाइरस संक्रमण भएको भएको छ। अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावालेका अनुसार अष्ट्रेलियाको न्यूसाउथ वेल्समा ४, भिक्टोरियामा ३ र तस्मानियामा १ जना नेपाली विद्यार्थी संक्रमित भएका हुन्।
उपचारका क्रममा रहेका अन्य सातै जना विद्यार्थीहरुको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको र आफ्नै घरमा क्वारेन्टाइरमा रहेको दूतावासले जनाएको छ।
अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, अस्थायी बासिन्दा र नेपाली समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन र संक्रमितलाई स्वास्थ्य उपचारको उचित व्यवस्था मिलाउन अष्ट्रेलियका स्वास्थ्य निकायसँग निरन्तर समन्वय भइरहेको समेत दूतावासले जनाएको छ। तस्मानियाका एक संक्रमित विद्यार्थी भने अहिले उपचारपछि पूर्ण रुपमा स्वस्थ भएर घर फर्किइसकेको दूतावासले जनाएको छ।



लोकपाटी न्यूज

