कन्टेनरमा वीरगञ्ज पुगेका ५२ जनालाई क्वारेन्टाइनमा राखिने

लोकपाटी न्यूज

काठमाडौ, १२ चैत। लकडाउनको बेला बिरगञ्ज पुगेका ५२ जनालाई क्वारेन्टाइनमा राखिने भएको छ। कोरोना उनिहरुलाई कोरोना भाइरसको संक्रमण भए नभएको जाँचका लागि क्वारेन्टाइनमा राख्न लागिएको हो।

सरकाले घोषणा गरेको लकडाउनको बेला ११ चैत राति ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा वीरगञ्ज पुगेका थिए।
उनिहरुमा कोरोना भए नभएको एकिन भएपछि मात्रै छोडिने सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

कन्टेनर चालक कलैया–३ का शिवनारायण महरालाई भने कारबाही गरिने भएको छ । संक्रमण रोग ऐन–२०२० र स्थानीय प्रशासन ऐन–२०२८ अनुसार, कन्टेनर चालकलाई कारबाही हुनेछ । प्रहरीका अनुसार, कन्टेनरमा चालक र एक जना भारतीय नागरिक सहित ५३ जना आएका थिए ।

भारतीय बाहेक सबै बारा पर्सा, रौतहटका नागरिक हुन् । कामको शिलशिलामा चितवन लगायत जिल्ला पुगेका उनीहरु बन्दाबन्दीको समयमा कन्टेनरमा घर फर्किएका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्