काठमाडौं, ५ चैत। एनआईसी एसिया बैंकले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावालहरूलाई बिमा सुविधाअन्तर्गतको बिमा रकम दाबी भुक्तानी गरिएको छ। एनआईसी एसिया बैक लिमिटेड बिर्तामोड शाखाले आफ्ना खातावालालाई गम्भीर रोगको उपचार बापत १५ लाख रुपैयाँको बिमा रकम भुक्तानी गरेको छ।
मङ्गलवार दमकको सिद्धि मार्केटमा रहेको शाखामा एक कार्यक्रमको आयोजना गर्दै झापा बिर्तामोडका खातावाला महेश अग्रवाललाई १५ लाखको चेक हस्तान्तरण गरिएको हो।
आग्रवाललाई एनआईसी एसिया बैक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले रु १५ लाखको चेक हस्तान्तरण गरे। अग्रवालको भारतस्थित मेदान्त अस्पतालमा मुटुको ओपन हार्ट सर्जरी गरिएको बताइएको छ।
अग्रवालले एनआईसी एसिया बैक लिमिटेडको चन्द्रगढी शाखामा सुपर चमत्कारिक डायमन्ड खाता खोलेका थिए। उनलाई उपचारमा लागेको खर्चबापत सो रकम हस्तान्तरण गरिएको हो। चेक बुझ्दै अग्रवालले एनआईसी एसिया बैकका कारण आफूलाई धेरै राहत भएको प्रतिक्रिया दिए।
सहायक प्रमुख कार्यकारी अधिकृत राठीका अनुसार अहिलेसम्म देशका १ सय २७ भन्दा बढी ग्राहकहरूले बिमा बापत रु ८७ लाख भन्दा बढी रकम प्राप्त गरेका छन्। बैङ्कले अहिले तीन किसिमका बिमा सुविधाहरू समेटिएको न्यु सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ। जसबाट ग्राहकहरूले रु २१ लाख बराबरको सुविधा लिन पाउने बैङ्कले जनाएको छ।
सो सुविधा अन्तर्गत खातावालाहरूको दुर्घटनाबाट मृत्यु वा पूर्णरुपमा अशक्त भएमा रु १० लाखसम्म ,१८ घातक रोगहरूका लागी रु १० लाख तथा रु १ लाख सम्मको औषधी बिमा उपलब्ध गराइने बैङ्कले जनाएको छ । मुलुकभर ३१९ शाखा ,४५० एटिएम ,१०६ वटा एक्सटेन्सन काउन्टर तथा ५२ वटा शाखारहित बैङ्किङ सेवा प्रदान गदै आएको बैकका प्रमुख सूचना अधिकारी सुधीरनाथ पाण्डेले जानकारी दिए।
यस बैकका देशभर २१ लाख ग्राहकहरू रहेका छन् भने करिब ३ अरब १५ करोड भन्दा बढी राजश्व सरकारलाई बुझाउँदै आएको छ। यस बैकले देशका अन्य बैक तथा वित्तीय संस्था नपुगेको ठाउँमा र दुर्गम क्षेत्रहरूमा पनि सेवा प्रदान गर्दै आएको छ।
देशको अर्थतन्त्र विकासमा यो बैकको भूमिका उल्लेखनीय छ भने आर्थिक वृद्धि, रोजगारी सिर्जना ,कृषि,उद्योग,व्यापार व्यवसाय बिस्तारमा टेवा पुर्याएको छ।



लोकपाटी न्यूज

