काठमाडौं। नेपाली गीत संगीतलाई माया गर्ने गायक योगेश हमालको नयाँ लोकदोहोरी गीत ‘जन्मकैद’ बजारमा आएको छ। गायक हमाल र गायिका बन्दना पाण्डेको स्वर रहेको गीतको म्यूजिक भिडियो तिर्सना म्यूजिकको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।
म्यूजिक भिडियोमा सर्जक हमाल र अष्लेशा आचार्यले मोडल गरेका छन्। स्मृति तिमिल्सिना (गुरुआमा) ले निर्देशन गरेको गीतमा संगीत संयोजन बिलन थापाले गरेका हुन्।
उक्त गीतको लय, शब्द संकलन हमालको नै रहेको छ। यसभन्दा अगाडि संससार खोज्दा तिम्लाई भेटाइन गीत बजारमा ल्याएका थिए। गायक एवं सर्जक हमाल स्वास्थकर्मी तथा युवा व्यवसायी समेत हुन्।



लोकपाटी न्यूज

