गौतम बुद्ध को थिए ?

Buddh (2)
लोकपाटी न्यूज

काठमाडौं ।बौद्ध धर्मका प्रवर्तक गौतम बुद्द हुन् । बाल्यकाल गौतम बुद्धको नाम सिद्धार्थ गौतम हो । गौतम बुद्धको जन्म इ. पु. ५६३मा भएको थियो । गौतमको मृत्यु इ पु ४८३ मा ८० वर्षको उमेरमा भएको थियो । गौतम बुद्ध शाक्य वंशका थिए । जन्म भएको जन्मजयन्ती वैैशाख शुक्ल पक्षको पुर्णिामाको दिन शुक्रबार भएको थियो । भगवान बुद्धको जन्मस्थान लुम्बिनी कपिलवस्तुको तिलौराकोट बाट देवदह जादा बिचमा पर्ने लुम्बिनी भन्ने वनमा भएको थियो ।

गौतम बुद्धको माता मायादेवी र पिता शुद्दोदनको काखबाट जन्म भएको थियो । बुद्धको मावली रामग्राममा पर्दछ । सानिमा अर्थात् सौतेनी आमा प्रजापती हुन। प्रजापती मायादेवीकि बहिनी हुन् । गौतम बुद्धको पालानपोषण गर्ने काम प्रजापतिले गरेकी हुन् । गौतम बुद्धकी पत्नीको नाम यशोधरा हो । उनी कोलिय राज्यकी राजा दण्डपानीकि छोरी थिइन् । यसोधराको वास्तविक नाम गोपा थियो । यशोधरालाई बाल्यकालमा गाृपा नामले नै चिनिन्थ्यो । यशोधरालाइ बौद्ध धर्ममा धनकी देवि मानिन्छ ।

सिद्धार्थ गौतमका छोराको नाम राहुल हो ।सिद्धार्थकी दिदीको नाम नन्दाकुमारी हो । दाजु को नाम नन्दकुमार हो । सारथिको नाम छन्दक हो । सिद्धार्थ गौतमको घोडाको नाम कन्थक हो । गौतम बुद्धलाई मार्न खोज्ने व्यक्ति देवदत हुन् । बुद्दका शत्रु र राक्षस कृष्ण हुन् । सिद्धार्थ गौतमले गृह त्याग २९ वर्षको उमेरमा गरेका थिए । गौतम बुद्धले ३५वर्षको उमेरमा ज्ञान प्राप्त गरेका थिए ।

ज्ञान प्राप्त गरेको ठाउँ भारतको बोधगया हो । सिद्धार्थ गौतम बुद्धले ज्ञान प्राप्त गरेको दिन बैशाख शुक्ल पुर्णिामाको दिन हो । भगवान गौतम बुद्धको मृत्यु भारतको कुशिनगर भन्ने ठाउँमा भएको थियो ।बुद्धको मृत्युलाई महापरीनिर्माण भनिन्छ । बुद्धलाई दागबत्ती दिने व्यक्ति महाकश्यप हुन् । बुद्धले सर्वप्रथम उपदेश दिएको ठाउँ सारनाथ हो । गौतम बुद्धले सर्वप्रथम उपदेश दिएको भाषा पालि भाषा हो ।

बुद्धलाई सर्वप्रथम खिर खुवाउने व्यक्ति सुजाता हुन् । बुद्धका पहिलो शिष्य कौडिन्य हुन् । बुद्धको कुटिलाई गन्ध कुटि भनिन्छ । बुद्धले लगाउने लुगालाइ चिवर भनिन्छ । बौद्ध भिक्षुहरुको संघलाई काय भनिन्छ । पहिलो महिला भिक्षुणि प्रजापति आनन्दको सल्लाह बमोजिम प्रजापतिलाई संघमा प्रवेश गराएका थिए । समय सापेक्ष वैज्ञानिक धर्म बौद्ध धर्म हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्