काठमाडौं । मदन शिला स्रष्टा २०७६ पुरस्कार प्राप्त गर्ने व्यक्ति राष्ट्रकवि माधवप्रसाद धिमिरे हुन् । जसको पुरस्कार राशी १ लाख १ हजार रहेको छ । मदन शिला साहित्यिक पत्रकारिता पुरस्कार चन्द्र कुमार राई र अच्यूतरमण अधिकारीलाई प्रधान गरिएको हो । मदन शिला साहित्यिक पत्रकारिता पुरस्कारले जनही ५० हजार ५ सय प्रदान गरिएको थियो । प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार २०७६ द्वारा गोविन्द बहादुर थापालाई प्रदान गरिएको हो । सो पुरस्कारको राशी १ लाख ५१ ह्जार रहेको छ ।
गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक पुरस्कार स्वर्गीय प्रधानमन्त्री सुशिल कोइरालालाई मरोणप्रान्त प्रदान गरिएको छ। महाउज्ज्वल राष्ट्रदीप प्रथम पुरस्कार २०७६बाट साहित्यकार मदनमणि दिक्षित र पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारी दुबैलाई मरणोपरान्त प्रदान गरिएको हो। प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०७५ले डा. सन्दुक रुइतलाई सम्मान गरिएको छ। प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारको राशी पाँच लाख रहेको छ।
राष्ट्रिय प्रतिभा अनुदान सहयोग २०७५बाट रदी मिया र विकल्प ढुङ्गनालाई प्रदान गरिएको छ । जसमा जनही २ लाख ५० हजार रहेको छ ।पृथ्वी प्रज्ञा पुरस्कार २०७५बाट सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । चार चार वर्षको अन्तरालमा प्रदान गरिने सो पुरस्कारको राशी चार लाख रहेको छ । मदन पुरस्कार २०७५पुरस्कार योगेश राजको कृति रणहार प्राप्त गरेको छ । मदन पुरस्कारको राशी वि.सं. २०७६बाट ४ लाख वितरण गरिएको छ । यो अगाडिको समयमा २ लाख थियो । २०७४ सालको मदन पुरस्कार निलम कार्कीको योगमायाले प्राप्त गरेको थियो ।
जगदम्बा पुरस्कार २०७५ बाट वैरागी काइला तिलविक्रम नेवाङ प्रदान गरिएको छ । उनलाई नेपाली साहित्यमा आयमेली कवि पनि भनिन्छ । २०७४ सालको जगदम्बा पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिएको थियो । पद्यश्री साहित्य पुरस्कार २०७५ ले रमेश सायनको छुटेका अनुहारहरु नामक ककृतिलाई प्रदान गरिएको थियो । पद्यम श्री साधना सम्मान २०७५ पुरस्कार डा. महेशराज पन्तलाई प्रदान गरिएको थियो । पुरस्कार राशी २ लाख रहेको छ ।
२५ औं प्रकाश मानव अधिकार पुरस्कारले गुरुप्रसाद बराललाई प्रदान गरिएको हो । मोरङ इन्सेकले बराललाई पुरस्कृत गर्ने निर्णय गरेको हो। एम्बिसन राष्ट्रिय गौरव सम्मान २०७६द्वारा डा. सन्दुक रुइत र डा. जगमान गुरुङलाई सम्मान गरिएको छ । युवा वर्ष मोति पुरस्कार २०७५ले शंकर चापाँगाई धनकुटे कान्छा र फुलमान वनले प्राप्त गरेका छन् । नेपाल हार्ट हिरो २०१९को पुरस्कार प्रकाश राज रेग्मीलाई प्राप्त भएको थियो ।



लोकपाटी न्यूज

