काठमाडौं । कुनै वातावरणमा रहने समुदाय बोट बिरुवा, जीव जन्तु, सुक्ष्मदर्शी जीवहरु र वातावरणबीचको अन्तर्सम्बन्ध हो । पारिस्थितिक पद्धतिमा अजैविक र जैविक तत्त्वहरुबीच शक्ति र पदार्थ आदानप्रदान हुनका साथै जैविक तत्त्वहरुबीच पनि यस्तै घनिष्ट सम्बन्ध रहेको हुन्छ । हरेक प्रकारका वनस्पति र जीवजन्तू खानाका लागि कुनै न कुनै रूपमा अन्य तत्त्वहरुमा निर्भर रहनु पर्ने हुन्छ ।
यसबाट पनि पारिस्थितिक पद्धतिको महत्व प्रष्ट रूपमा थाहा पाउन सकिन्छ । पारिस्थितिक प्रणालीलाई २ भागमा विभाजन गरिएको छ । उत्पादकको जीवन संख्या बढि र तृतीय उपभोक्ता सबै भन्दा कम हुने स्थलीय पारिस्थितिक पद्धति ठाडो पिरामिड हो । पारिस्तिथि पद्धतिको अध्ययन गर्ने शास्त्रलाई इकोलोजी भनिन्छ ।
गाई, बाख्रा, खरायो, मृग आदि प्राथामिक उपभोक्ता भित्र पर्दछ । पारिस्तिथिक पिरामिडको सबैभन्दा तल उत्पादक हुन्छ । विच्छेदकले वस्तुलाई कुहाउने काम गर्दछ । वायुमण्डलमा ७८ प्रतिशत नाइट्रोजन ग्यमस पाइन्छ । ज्वालामुखी विस्फोटनबाट सबै भन्दाबढि कार्वनडाइ अक्साइड ग्यास निश्कन्छ ।
जल चक्रमा मुख्य प्रभाव पार्ने तत्व सौर्य शक्ति हो । कोशी टप्पु वन्यजन्तु आरक्षलाई सन् १९८७ मा रामसार क्षेत्रमा सूचिकृत गरिएको हो । जैविक विविधता दिवश मे २२ मा मनाइन्छ । नेपाल जैविक विविधताको हिसावले विश्वको २५ औं स्थानमा पर्ने देश हो । जैविक विविधताको हिसावले नेपाल एसियाको ११ औं स्थानमा पर्दछ । गङ्गटोको दाँत पेटमा हुन्छ । नेपालमा फेवा तालमा माछा संग्रालय रहेको छ । नेपालमा विश्वको ४.२ प्रतिशत पुतलीहरु पाइन्छन् । नेपालमा विश्वको ८ सय ७२ प्रतिशत चराहरु पाइन्छन् ।
शान्तिको प्रतिकको रुपमा मानिने चरा परेवा हो । यार्सागुम्बाको लागि नेपालको डोल्पा जिल्ला प्रख्यात छ । नेपालमा १ सय १४ प्रकारको पारिस्थितिक प्रणाली रहेका छन् । युनेस्कोले मानव तथा जीव कार्यक्रम चलाइरहेको छ । CITES को स्थापना सन् १९७५ मा भएको थियो । नेपालमा ६३ प्रकारका सर्पहरु पाइन्छन् । सिमसार क्षेत्रमा पानीको गहिराई ६ मिटरसम्म हुन्छ । नेपालले वि. सं. २०१३ मा नीजि वनलाई राष्ट्रियकरण गर्यो । रातो पसिना निकाल्ने जनावर गैडा हो । नेपालमा वि.सं. २०३५ बाट सामुदायिक वन कार्यक्रम लागु भएको हो । मानव जस्तै हिड्न सक्ने विरुवाको नाम मंनग्रोव हो । हाल नेपालमा ४०.४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ । हाल नेपालको २४.४ प्रतिशत भूभाग राष्ट्रिय निकुञ्ज , वन्यजन्तु आरक्षण र संरक्षण क्षेत्रले ओगटेको छ ।
१२०० मिटर उचाईदेखि समशितोष्ण पतझर वन सुरु हुन्छ । भोजपत्र साशितोष्ण कोणधारी वनमा पाइने रुख हो । वि.सं. १९९१ मा नेपालमा पाँच अण्डाको स्थापना भएको थियो । माहुरीले ग्तिचब ख्ष्यभिलत च्बथ लाई पनि हेर्न सक्छ । कोप १५ मा विश्वका १सय ९२ राष्ट्रहरुको सहभागिता थियो । जलवायुपरिवर्तन सम्बन्धी १६ औं शिखर सम्मेलन सन् २०१० को नोभेम्बरमा मेक्सिकोमा भएको थियो । ओजन तहको अणु सुत्र इघ हो । ओजन तह विनाश हुनुको प्रमुख कारण सिएफसि हो । ओजन तह १ प्रतिशत विनास हुदाँ परावैजनी किरण २ प्रतिशतले बढ्छ ।
संयुक्त राष्ट्रसंघीय विकास तथा वातावरण आयोगको गठन सन् १९८३ मा भएको थियो । सर्व प्रथम दिगो विकास शब्दको प्रयोग सन् १९८७ मा भएको थियो । नेपालमा वातावरण र दिगो विकास सम्बन्धी व्यवस्था छैटौं योजनाबाट सुरु भएको थियो । नेपालमा दिगो विकास सम्बन्धी अवधारणा आठौं योजनाबाट सुरु गरियो ।
सर्वप्रथम वातावरण संरक्षण ऐन वि.सं. २०५३ सालमा लागु भएको हो । दिगो विकासमा १७ वटा लक्ष्यहरु रहेका छन् । पर्यावरणीय प्रणालीको संरक्षण दिगो विकासको १४ औं लक्ष्य हो । नेपालले सन् २०२० सम्म ९९ प्रतिशत जनतालाई खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिएको थियो । नेपालको जनसंख्या तथा वातावरण मन्त्रालयको स्थापना वि.सं. २०५२ सालमा भएको हो ।



लोकपाटी न्यूज

