काठमाडौं, १६ माघ। नेपाल विद्यार्थी संघ (नेविसंघ) तदर्थ समिति अध्यक्षमा राजीव ढुंगाना चयन भएका छन्।नेपाली काँग्रेसले बिहीबार एक विज्ञप्तिमार्फत् अध्यक्षमा ढुंगानासहित दुई महामन्त्री पनि चयन गरेको जनाएको छ। महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई चयन गरेको हो।
निवर्तमान अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि लामो समय नेविसंघ नेतृत्वविहीन भएको थियो । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णयअनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको गठन पार्टी सभापति शेरबहादुर देउवाद्वारा देहाय बमोजिम गरेको नेपाली कांग्रेसका मूख्यसचिव कृष्ण प्रसाद पौडेलले जनाए।
नेविसंघमा लामो समयदेखि ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भनेर विवाद थियो । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णयअनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको गठन पार्टी सभापति शेरबहादुर देउवाद्वारा देहाय बमोजिम गरेको नेपाली कांग्रेसका मूख्यसचिव कृष्ण प्रसाद पौडेलले जनाए। नेविसंघमा लामो समयदेखि ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भनेर विवाद थियो।
२०७५ असोज २१ गते बसेको काँग्रेस केन्द्रीय समिति बैठकले बहुमतका आधारमा ३२ वर्षे उमेरहदसहित नेविसंघको विधान पारित गरेको थियो । विधान पारित भइसकेर पनि तदर्थ समिति बनाउँदा ३२ माथिबाटै आउनुपर्ने केही नेताको अडान कायमै थियो। केही नेताहरुले भने ३२ वर्ष मुनिबाट तदर्थ समिति आउनुपर्ने अडान राखेतापनि पनि त्यसलाई लत्याउँदैं नेविसंघको तदर्थ समिति अध्यक्षमा ४६ वर्षका ढुंगाना चयन भएका छन् ।
माघ १६, २०७६
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था “नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति” को गठन पार्टी सभापति शेरबहादुर देउवाद्वारा देहाय बमोजिम गर्नु भएको छ ।
१. श्री राजीव ढुंगाना (सुनसरी) –अध्यक्ष
२. श्री मनोज वैद्य (काठमाडाैँ) –महामन्त्री
३. श्री महेश्वरी कुँवर (पाल्पा) –महामन्त्री
यस तदर्थ कार्यसमितिले–
(१) आजको मितिले ६ महिनाभित्र नेपाल विद्यार्थी संघको आगामी १२ औं केन्द्रीय अधिवेशन सम्पन्न गर्नेछ ।
(२) आगामी १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेछ ।
(३) तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन ।
(४) यस अघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा भाग लिन पाउनेछन ।
नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिनेछ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव



लोकपाटी न्यूज

