सर्जक शिव हमालको लोक दोहोरी गीत ‘आज मुटु दुखेनस् किन’ सार्वजनिक (भिडियोसहित)

geet pic
लाेकपाटी न्यूज

काठमाडौं, १३ माघ। गायक सर्जक एवं संगीतकार शिव हमालको नयाँ लोक दोहोरी गीत ‘आज मुटु दुखेनस् किन’ सार्वजनिक भएको छ। गायक हमालले आफ्नै युट्युब च्यानलमार्फत् ‘आज मुटु दुखेनस् किन’ गीतको भिडियो सार्वजनिक गरेका हुन्।

प्रेम प्रमीकाको बिछोड पछिको पीडालाई गीतमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ। गीतमा चर्चित लोक दोहोरी गायिका विष्णु माझी र बलराम बिकले स्वर दिएका छन्।

गीतमा लय, शब्द शिव हमालको रहेको छ भने शिशिर पौडेल र आयुष्मा कार्कीको अभिनय रहेको छ। साइ भिजन प्राइभेट लिमिटेडले निर्माण गरेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन्।

सर्जक हमालले अहिलेसम्म १३ सय भन्दा बढी गीत लेखन, संगीत संयोजन र गायनसमेत गरिसकेका छन्।हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्